Close

Recent Posts

रासायनिक मल अभाव टार्न अल्टिमेटमसहित प्रधानमन्त्रीको तीन बुँदे निर्देशन

रासायनिक मल अभाव टार्न अल्टिमेटमसहित प्रधानमन्त्रीको तीन बुँदे निर्देशन
  • २८ श्रावण २०८२, मंगलवार १८:०१

काठमाडौं – रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले केपी शर्मा ओलीबाट कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गरेका छन् ।

mulpatra

कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे आज सिंहदरबारमा छलफल गरेका हुन् । कृषि र उद्योग मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीबाट तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१. रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुस् ।

२. कम्पोस्ट र अग्र्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुस् ।

३. माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस् ।