Close

Recent Posts

६ लाख टन मल आपूर्ति गर्न ४४ अर्ब चाहिन्छ: कृषिमन्त्री अधिकारी

६ लाख टन मल आपूर्ति गर्न ४४ अर्ब चाहिन्छ: कृषिमन्त्री अधिकारी
  • ३० श्रावण २०८२, बिहीबार १६:४०

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न प्रयाप्त बजेट नभएको बताएका छन् । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ६ लाख टन मल आपूर्तिका लागि ४४ अर्ब आवश्यक देखिएकाले मन्त्रालयलाई थप १५ अर्ब बजेट आवश्यक रहेको मन्त्री अधिकारीले बताए ।

mulpatra

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलव्ध बजेटले सम्बोधन गर्ने गरि मल ल्याउन कठिन भएको बताए । उनले अहिले युरिया मलमा ८२ प्रतिशत, डिएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिए ।

अहिलेको मूल्यमा चालु आवका लागि विनियोजित बजेट २८ अर्ब ८२ करोडबाट जम्मा ३ लाख ६० हजार टन मल खरिद गर्न सकिने उनले उल्लेख गरे ।

mulpatra mulpatra mulpatra

मन्त्री अधिकारीले मल व्यवस्थापनको अहिलेको मूल समस्या माग अनुसार आपूर्ति गर्न नसक्नु रहेको र वितरणमा समस्या देखिनु पनि मन्त्रालयलाई प्राप्त मल अनुदानको बजेट पहिलो पटक लगभग २७ अर्ब ३६ करोडमध्ये २६ अर्ब ८३ करोड खर्च भएको उनको भनाइ छ ।

मन्त्री अधिकारीले चालु आवका लागि गत आवमा नै अर्थ मन्त्रालयबाट स्रोत सहमति लिई ३ लाख टनको टेन्डर भइसकेको र हाल डीएपी र पोटास मल आपूर्ति अवस्था राम्रो रहे पनि युरिया आपूर्तिको अवस्थामा केही समस्या देखिएको बताए ।

मन्त्री अधिकारीले हाल मलको समस्या देखिनुमा अन्तर्राष्ट्रियस्तरमा मूल्य वृद्धि हुनु र निरन्तरको वर्षाले कोलकाता बन्दरगाहमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रूपमा हुनु रहेको उल्लेख गरे ।

Image Source: © https://mulpatra.com

‘अहिले पनि मल लोड भएको तीन वटा जहाज कोलकाता पोर्टमा होल्ड भएको छ, कोलकाता पोर्टको जाम नहटेकाले खरिद गरिएको ६० हजार टन युरिया समेत आउन सकेको छैन,’ मन्त्री अधिकारीले भने, ‘पोर्टको अनलोडिङ तथा ब्यागिङ र रेल्वे ढुवानी सहजीकरणका लागि साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीबाट प्रयास भइरहेको छ ।’

कोलकातास्थित नेपाली महावाणिज्यदूतावास मार्फत सम्पर्क गरी सहजीकरणका लागि मन्त्रालयले अनुरोध गरिसकेको पनि उनले उल्लेख गरे ।

मल आपूर्ति तथा वितरण व्यवस्था सहज बनाउन मन्त्रालयले कानुनी एवं प्रक्रियागत सुधार गरेको मन्त्री अधिकारीले बताए ।