Close

Recent Posts

ओलीले नेपालविरुद्ध गुटलाई संस्थागत गरेको मदन भण्डारी फाउन्डेसन, विद्याले हतियार बनाएपछि उनैले ठगि खाने संस्था देखे

ओलीले नेपालविरुद्ध गुटलाई संस्थागत गरेको मदन भण्डारी फाउन्डेसन, विद्याले हतियार बनाएपछि उनैले ठगि खाने संस्था देखे
  • ३० श्रावण २०८२, बिहीबार १७:४७

काठमाडौं– एमालेको विधान महाधिवेशन नजिकिदै छ । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयले नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको निर्णयको चर्चाले पनि तीव्रता पाइरहेको छ । साउन ६ मा सकिएको केन्द्रीय कमिटि बैठकले पुर्वाराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट रोक लगाएको छ । साथै, अध्यक्ष ओलीलाई भावि अध्यक्ष बनाउने गरी बैठकले ७० बर्षे उमेर हद र दुई कार्याकालको प्रावधान हटाएको छ ।

mulpatra

भण्डारीलाई रोकेपनि तल्लो तहका नेता कार्यकर्ता सन्तुष्ट छैनन् । त्यसैले नै प्रदेश कमिटिमा यो विषयमा छलफल भइरहेको छ । विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय नेताहरु प्रदेश केन्द्रित बनेका छन्, त्यसरी नै उनीहरुमाथि विद्यामाथि पार्टीले गरेको निषेधबारे प्रश्न तेर्सिरहेका हुन् । तर, प्रदेश कमिटि बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिको ढोका बन्द गरेको विषयमा मतभिन्नता देखिएको छ ।

बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मदन भण्डारी हिरक मूल व्यवस्थापन समिति बनेको छ । जसमा विद्याको पक्षमा बहज भएको थियो ।

ओलीले भने मदन भण्डारी फाउन्डेसनसँग नेकपा एमालेको कुनै साइनो नरहेको भन्ने चरणसम्म आफुलाई पु¥याएका छन् । फाउन्डेसन ठगी खाने भाँडो बनेको बताउँन थालेका छन् । हिजो ओलीले पनि यही मदन भण्डारी फाउन्डेसनबाट उदाएको हुन् । भने ओलीले तत्कालिन महासचिव नेपालको पेलान सहन नसकेपछि यही फाउन्डेसन अस्त्र बनाएर गुटबन्दी सुरु गरेका थिए । अहिले ओलीले फाउन्डेसनलाई ठगि सस्था भएको आरोप लगाएका छन् । यसको सामाजिक सञ्जालमा विरोध समेत भइरहेको छ ।

ओलीले नेपालविरुद मोर्चाबन्दी गर्न मदन भण्डारी फाउन्डेसन वडा तहमा लगेका थिए । यही संस्थाका आधारमा गुटलाई वडा तहसम्म संस्थागत गरेका थिए । अहिले मदन भण्डारी फाउन्डेसन कसरी ठगि खाने सस्था भयो त ? यो भाषा ओली किन प्रयोग गरे । यो प्रश्नको विषय बनेको छ । जबकी ओलीले यसअघि आफुलाई कुनैपनि अप्ठ्यारो पर्दा भण्डारी फाउन्डेसनको सहारा लिने गरेका थिए ।

नेकपामा विवाद बढ्दै गएका बेला समेत ओलीले जबजलाई अघि बढाउन मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्मै विस्तार गर्न निर्देशन पनि दिएका थिए । त्यतिखेर पनि नेकपाभित्र मदन भण्डारी फाउन्डेसन पार्टीको समानान्तर कमिटी जस्तै भएको भन्दै चर्को विरोध समेत भएको थियो । पार्टी केन्द्रीय कमिटिले नेताका नामका खोलिएका संस्थाले पार्टीमा समानान्तर निकाय जस्तै बन्दै गुटबन्दी मौलाएको निष्कर्ष निकालेको थियो । तत्कालिन रुपमा पाटीैले अन्तरपार्टी निर्देशन जारी गरेरै प्रतिष्ठान र फाउन्डेसनका कारण पार्टीमा गुट झाँगिएकाले त्यसलाई रोक्न निर्देशन गरेको थियो ।
तत्कालिन रुपमा ओलीलाई शक्तिमा ल्याउन भारतले लगानी गरेको भन्ने सम्म आरोप लाग्ने गरेको थियो ।

२०५० साल जेठ ३ गते तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा निधन भएपछि २०५५ सालमा फाउन्डेसनको स्थापना भएको हो । त्यसयता ओली यही संस्थालाई हतियार बनाएको एमालेकै शीर्ष नेताको भनाइ छ ।

सत्तारुढ दल समेत रहेको एमाले मिसन ०८४ अभियानमा समेत उत्तिकै केन्द्रीत देखिन्छ । तर, पार्टी भित्र विद्या पक्षको असन्तुष्टीले मिसन–०८४ धक्का पुग्ने विश्लेषण सुरु भएको छ । यहि छनक पाएका अध्यक्ष ओली भने एमाले–कांग्रेस गठबन्धन चुनाव पछि कायम हुने जिकिर गर्न थालेका छन् ।

विशेषगरी विद्याको पकड क्षेत्रको रुपमा कोशी मानिएको छ । किनभने उनले सक्रिय राजनीतिमा आउने छनक त्यहिबाट सुरु गरेकी थिइन् । तर पार्टीले पुर्ण रुपमा ढोका बन्द गरेपनि हार नमानेकी भण्डारीको थापागाँउमा सम्पर्क कार्यालय खोल्ने तयारीले ओली माथि दबाब सिर्जना भइरहेको छ ।

विद्याले मदन भण्डारी फाउन्डेसनलाई प्रमुख हतियार बनाएकि छिन् । अनामनगरमा कार्यालय नै खोलेर भण्डारीले गतिविधि तीब्र पारेकी छन् । फाउन्डेसनले हीरक जयन्तीको समेत तयारी गरिरहेको छ । समितिमा विद्याले आफ्नो दबदबा पुग्ने गरी समिति बनाएकि छिन् ।

ओलीले यतिसम्म चलाखी खेल सुरु गरेका छन् की मदन–आश्रित स्मृति प्रतिष्ठान सक्रिय बनाउन लागिपरेका छन् । यस कामका लागि ओलीले आफु निकटका नेता उपमहासचिव प्रदीप ज्ञवालीलाई नेतृत्व सुम्पिएका छन् । विद्याका कदम रोक्न ओलीले यो कार्ड फाल्न खोजेको बुझाई नेताहरुमा छ ।

यता, ओली पक्षका नेताहरु केन्द्रीय समितिले पारित गरेको निर्णय पार्टीको तल्लो तहसम्मै सर्वसम्वत गराउन लागि परेका छन् । महासचिव शंकर पोखरेलले त्यसको नेतृत्व गरिरहेका छन् । महासचिव पोखरेलले पूर्वराष्ट्रपतिबारे अनावश्यक बखेडा नझिक्न नेता कार्यकर्तालाई निर्देशन दिइरहेका छन् । यता, अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्ण’ पौडेलले पदीय मर्यादालाई सबैले केन्द्रमा राख्नुपर्ने बताइरहेका छन् ।

यता, ओली पक्षका नेताहरु केन्द्रीय समितिले पारित गरेको निर्णय पार्टीको तल्लो तहसम्मै सर्वसम्वत गराउन लागि परेका छन् । महासचिव शंकर पोखरेलले त्यसको नेतृत्व गरिरहेका छन् । महासचिव पोखरेलले पूर्वराष्ट्रपतिबारे अनावश्यक बखेडा नझिक्न नेता कार्यकर्तालाई निर्देशन दिइरहेका छन् । यता, अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्ण’ पौडेलले पदीय मर्यादालाई सबैले केन्द्रमा राख्नुपर्ने बताइरहेका छन् ।

जिल्ला कमिटि र प्रदेश कमिटिका नेता कार्यकर्तालाई विधान संशोधनमा सहभागि भइ सुझाव राख्न समेत भनिएको छ । बागमति र कोशी प्रदेशका प्रदेश कमिटि बैठक चलिरहेका छन् । बैठकमा भण्डारीलाई रोक्ने निर्णयको चर्काे विरोध देखिएको छ । बागमतिमा बहुमत सदस्यले विद्या पक्षमा खुलेको बताइएपनि सार्वजनिक रुपमा बोल्न नेताहरुले आनकानी गरिरहेका छन् ।

कोशी र बागमतिमा विद्या पक्ष बलियो रहेको बताइन्छ । तर एमाले नेतृत्वले अपानी नै जारी गरेर विद्यालाई सक्रिय राजनीतिका रोक्ने निर्णय कार्यान्वन गराउन उर्दी जारी गरेको छ ।

भरखरै सकिएको कोशी प्रदेशको बैठकमा भोजपुर जिल्लाका पार्टी अध्यक्षबाट भण्डारीको पक्षमा कुरा आएपछि प्रदेश इन्चार्ज समेत रहेका शेरधन राई समेत शंकाको घेरामा परेका छन् । भोजपुरका सम्पूर्ण पदाधिकारी शेरधर राई पक्षधर हुन र उनैको जोडबलमा संविधान सभा सदस्य कृपाशुर शेर्पालाई हराउँदै मकर खड्कालाई अध्यक्ष बनाएका थिए । भोजपुर सँगै उदयपुर, मोरङ, खोटाङका प्रतिनिधिहरु खुल्ला रुपमा भण्डारी पक्षमा खुलीसक्दा अन्य जिल्लाका पनि क्रमशः भण्डारीका पक्षमा लाग्ने अनुमान गरिएको छ ।

मदन भण्डारी मेमोरियल कलेज र मदन भण्डारी मेमोरियल स्कुल फाउन्डेसनबाट सञ्चालित छन् । मदन भण्डारी कृषि प्राविधिक स्कुल पनि फाउन्डेसन ‘सम्बद्ध’ संस्था हो । यसबाहेक फाउन्डेसनले मदन भण्डारी स्पोट्र्स एकेडेमी, मदन भण्डारी लिट्रेचर तथा आर्ट एकेडेमी र मदन भण्डारी बौद्धिक मञ्च सञ्चालनमा छन् । यसलाई भण्डारीले राजनीतिक हातियार बनाएपछि ओलीलाई चुनौती थपिएको हो ।

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय राजनीतिमा संलग्न हुन थालेपछि ओलीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । त्यसपछि ओलीले नै यसलाई ठगि खाने संस्थाको संकेत गरे ।