Close

Recent Posts

राहदानी छपाइमा अनियमितता प्रकरण थप २ पक्राउ

राहदानी छपाइमा अनियमितता प्रकरण थप २ पक्राउ
  • ३ असार २०८३, बुधबार १४:०५

काठमाडौं– राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

mulpatra

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।

उनीहरूविरुद्ध ३ दिन म्याद समेत थप भइसकेको छ । यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पक्राउ गरेको थियो ।

mulpatra mulpatra mulpatra

उनीहरूविरुद्ध ४ दिनको म्याद थप भएको थियो ।

योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ ।