Close

Recent Posts

बैरो संघसहित व्यवसायीको विरोध थग्न नसक्ने भएपछि साउदीको ‘सिप परीक्षण’ कार्यक्रम स्थगित

कामदारको १५ हजार आर्थिक भार जोगियो

बैरो संघसहित व्यवसायीको विरोध थग्न नसक्ने भएपछि साउदीको ‘सिप परीक्षण’ कार्यक्रम स्थगितकामदारको १५ हजार आर्थिक भार जोगियो
  • ३ असार २०८३, बुधबार १६:००

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीले साउदी अरबले नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी काठमाडौंमा सञ्चालन गर्न लागेको श्रमिक सिप परीक्षण प्रमाणीकरण केन्द्र सञ्चालनमा ल्याएको थियो । यसको व्यवसायीहरुले कडा विरोध गरेका थिए ।

mulpatra

आज वैदेशिक रोजगार व्यवसाय संघको नेतृत्वमा गएको म्यानपावरको समूहले एसभिपिविरुद्ध चर्को चेतावनी दिएको थिए । संघसहित उद्घाटन कार्यक्रम चलिरहेकै बेला व्यवसायीहरू केन्द्र पुगेर विरोध प्रदर्शनमा उत्रिएका थिए ।

साउदीले बुधबार काठमाडौं बसुन्धरास्थित केन्द्रबाट सामान्य श्रमिकका लागि सिप परीक्षण कार्यक्रम सुरु गर्ने तयारी गरेको थियो । ‘साउदीको सिन्डिकेट’ खारेज गर भन्दै नाराबाजी गर्नुका साथै उद्घाटन कार्यक्रमका लागि लगाइएको गेट तथा बोर्ड समेत व्यवसायीहरूले हटाएका थिए ।

mulpatra mulpatra mulpatra

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष डिकबहादुर खत्रीले यसलाई ‘सिप परीक्षणका नाममा सिन्डिकेट’ को संज्ञा दिएका छन् । यो व्यवस्थाले श्रमिकलाई चर्को आर्थिक मारमा पार्ने र अर्को खालको सिन्डिकेट लगाउने काम भएको र जसरी पनि बन्द गराउनुपर्ने भन्दै संघ लागिरहेको बताए ।

दशौं वर्ष कतार वा अन्य देशमा मेसिनजस्ता दक्ष काम गरेर फर्किएका अनुभवी श्रमिकलाई फेरि १५ हजार तिराएर एक महिना कुराउनु र सिप प्रमाणीकरण गर्नु न्यायोचित नहुने उनको भनाइ छ ।

नयाँ व्यवस्था अनुसार रोजगारीमा साउदी जान चाहने श्रमिकले सिप परीक्षणका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने थियो । परीक्षा शुल्कबापत ५० अमेरिकी डलर र पूर्वसिकाइ मान्यता (आरपीएल ) शुल्कबापत थप ५० डलर गरी कुल १ सय डलर ९करिब १५ हजार खर्च हुने उल्लेख थियो ।

Image Source: © https://mulpatra.com

सरकारले नै नीतिगत सुधारका लापि पहल गरिरहेका बेला साउदीले सम्बन्धीत पक्षसँग छलफल नगरी सञ्चालनमा ल्याएको एसभिपि सम्भव नभएको संघका तृतिय उपाध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

सरकारले साउदी कामदार पठाउँदै आएको छ । कसरी कामदार पठाउने हो भनेर नेपाल सरकारले नियमन गर्नुपर्छ भन्ने व्यवसायीको माग भएको उनको भनाइ छ । साउदीले एकतर्फी रूपमा अनिवार्य गर्न खोजिएको कार्यक्रमबारे नेपाल सरकार भने अनभिज्ञ देखिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com