Close

Recent Posts

मलेसियाले ४० हजार प्लान्टेसन क्षेत्रमा कोटा स्वीकृति, नेपालमा भने सिण्डिकेटको हल्ला

मलेसियाले ४० हजार प्लान्टेसन क्षेत्रमा कोटा स्वीकृति, नेपालमा भने सिण्डिकेटको हल्ला
  • ३१ श्रावण २०८२, शुक्रबार १६:४२

काठमाडौं– मलेसिया सरकारले प्लान्टेसन क्षेत्रका लागि कोटा छुटाएको छ । मलेसिया सरकारले तत्कालका लागि ४० हजार विदेशी कामदारको कोटा स्वीकृत गरेको प्लान्टेसन एन्ड कमोडिटिजले जनाएको छ । यो मात्र तत्काल आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

mulpatra

गत जुलाई ९ तारिकसम्म ४ सय ३४ कम्पनीका लागि ३४ हजार विदेशी कामदार भर्नाका लागि स्वीकृति दिएको मन्त्रालयले जनाएको छ । साथै, विदेशी कामदारको अभाव यथावत् रहेपछि थप कामदारको कोटा स्वीकृत गर्न लागेको प्लान्टेसन एन्ड कमोडिटिज मन्त्रालयले जनाएको छ ।

मलेसियाको प्लान्टेसन तथा पाम आयल क्षेत्रमा कामदारको अभाव भएपछि त्यहाँको संसद्मा सांसदहरूले सरकारसँग जवाफ माग गरेको उपमन्त्री दातुक चान फूङ हिनले जनाएका छन् ।

उनले श्रम अभावलाई सम्बोधन गर्नु र राष्ट्रिय उत्पादकत्व र उत्पादन बढाउन विशेष कोटाहरू स्वीकृत गर्नुपरेको बताए । जसका लागि उचित रोजगारी भनिएको छ ।

मलेसिया सरकारले प्लान्टेसन क्षेत्रमा माग गदै गर्दा नेपालमा भने सिण्डिकेटको चर्चा चलिरहेको छ । नेपालमा सिण्डिकेटको चर्चाका कारण मलेसियाबाट डिमाण्ड ल्याउन म्यानपावर व्यवसायी डराइरहेका छन् ।

करार अनुमतिको समयावधि सकिएका कारण कामदारहरू बिदामा घर फर्किँदा पनि विदेशी कामदारहरूको थप आवश्यकता देखिएको छ ।

मलेसिया अध्यागमन विभागको तथ्यांकअनुसार यस वर्ष जुन ३० सम्म प्लान्टेसन क्षेत्रमा २ लाख ५८ हजार १ सय ५३ विदेशी रहेका छन् । लगभग ८० प्रतिशत आप्रवासीहरू रहेकोे मलेसियाको प्लान्टेसन क्षेत्रमा इन्डोनेसिया, भारत, नेपाल र बंगलादेशबाट गएका कामदार कार्यरत रहेका छन् । मलेसियाले विश्वको ३९ प्रतिशत पाम तेल उत्पादन गर्छ भने विश्वभर हुने निर्यातको ४४ प्रतिशत हिस्सा ओगटेको छ ।