Close

Recent Posts

‘दादा ! न्यानो अँगालो र आवाज धेरै मिस गर्छु’

‘दादा ! न्यानो अँगालो र आवाज धेरै मिस गर्छु’
  • १ भाद्र २०८२, आईतवार १८:३४

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशी रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेलअभिभमा प्रदर्शन गरेका छन् ।

mulpatra

इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए । त्यस क्रममा विपिनकी बहिनी पुष्पा र आमा पद्मा प्लेकार्डसहित सहभागी भएका थिए । आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएका थिए ।

इजरायली अधिकारकारकर्मी र मानवअधिकारकर्मीसमेत रहेको प्रदर्शनमा विपिनकी बहिनी पुष्पाले रुँदै सम्बोधन गरेकी थिइन् । उनले भनिन्, ‘दादा आई मिस यू सो मच । म तेरो न्यानो अँगालो, आवाज सबैलाई धेरै मिस गर्छु ।’

उनले आफ्नो दाजु पढ्नका लागि आएको र कसैसँग दुस्मनी नरहेको बताएकी थिइन् । दाजुको अवस्थाका कारण बुवाआमासहित आफ्नो परिवार विक्षिप्त बनेको उनले उल्लेख गरिन् ।