तीनकुने आन्दोलनमा राप्रपाले नक्कली राजावादीसँग मिलेर छुरी हाने, नयाँ पार्टी खोलेर जनतामा जान्छु :प्रसाई

तीनकुने आन्दोलनमा राप्रपाले नक्कली राजावादीसँग मिलेर छुरी हाने, नयाँ पार्टी खोलेर जनतामा जान्छु :प्रसाई
  • २ भाद्र २०८२, सोमबार १५:४७

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आइतबार पत्रकार सम्मेलनमार्फत प्रसाईंले राजेन्द्र लिङ्देनमाथि यस्तो आरोप लगाएका हुन् । गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरी हानेको समेत आरोप लगाए ।

mulpatra

सोमबार निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । प्रसाईले पार्टी खोल्ने र पार्टीको नाम छिट्टै घोषणा गर्ने बताए ।

राजालाई मैले भेट्दा पनि भनेको हुँ–सरकार हिजो फ्याक्न हिरासतमा पनि बस्यौँ । अब हामी ल्याउन तयार छौँ भनेको हो । राजा समाएको र छोडेको भन्ने हुँदैन । राजा र देउता आफ्नो ठाउँमा भएको उनको दाबी छ ।

‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमिले धोका दिन सक्दैनौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’ उनले भने ।

जेलबाट छुटेपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईंले सरकारमाथि यस्तो आरोप लगाएका हुन् । राज्यसत्ता आफ्नो आन्दोलनबाट आत्तिएकाले विभिन्न लान्छना लगाएको समेत उनले जिकिर गरे । ‘हाम्रो अभियानले आम नागरिकलाई सचेत गरायो । चैत १५ गते मार्छन् भन्ने हामी सबैलाई थाहा थियो । म तयारीसाथ गएको थिएँ । तीनकुने पुग्नु ४५ मिनेट अगाडि नै गोली चलेको थियो । मञ्चको पछाडिको घरबाट गोली मलाई चलाएको थियो । अघिल्लो दिन नै तलाई मार्छ भनेको थियो । राज्यसत्ता हामीसँग डरायो । जो नयाँ शक्ति आउँछ, राज्यसत्ता डराउँछ’, उनले भने, ‘धक्कामुक्का नगर्नोस् भन्दाभन्दै पनि गोली चलायो । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ ।

प्रसाईंले आफ्नो पालो नआउने देखेर नै राजा वीरेन्द्र र एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मारिएको आरोप समेत लगाउन भ्याए । यो देशमा मदन भण्डारी बाँचेको भए अरूको चान्स आउने थिएन । राजा वीरेन्द्रलाई मारेर हिन्दूराष्ट्र अस्तित्व जाने थिएन । यहाँ कसरी कुर्सी तान्ने, सत्ताको लुछाचुँडी गर्ने यी सबै खेल भइरहेको छ ।’ उनले भने ।