अष्ट्रेलियामा आप्रवासन विरोधी र्यालीविरुद्ध एनआरएनए अष्ट्रेलियाको विरोध

सिड्नी– गैर–आवासीय नेपाली संघले अष्ट्रेलियाले आगामी ३१ अगस्ट २०२५ मा अष्ट्रेलियाका प्रमुख शहरहरू (सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ, एडिलेड र क्यानबेरा) मा आयोजना हुन लागेको ‘अस्ट्रेलियाको लागि मार्च र अस्ट्रेलिया पहिले’ नामक आप्रवासन विरोधी र्यालीलाई कडा शब्दमा विरोध गरेको छ ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि आप्रवासन विरोधी भावनालाई उक्साउने र समाजलाई विभाजन गर्ने यस्ता ¥यालीहरू अष्ट्रेलियाको बहुसांस्कृतिकता, समावेशिता र सामाजिक सद्भावका मूल्यमान्यता विपरीत छन् ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल ले आप्रवासी र डायस्पोरा समुदायले अष्ट्रेलियाको आर्थिक, सांस्कृतिक र सामाजिक प्रगति मा पु¥याएको योगदान अमूल्य रहेको उल्लेख गर्दै आप्रवासीलाई दोषारोप गर्ने वा विभाजनकारी प्रचार अस्वीकार्य हुने स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा सरकारका निकायहरू, सामुदायिक नेतृत्व र नागरिकहरूलाई एकता प्रवद्र्धन गर्न, घृणा र विभाजनलाई अस्वीकार गर्न आह्वान गरिएको छ । संघले अष्ट्रेलियामा रहेका सबै बहुसांस्कृतिक समुदायहरूको सम्मान, समावेशिता र हित का लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।