Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

रूसी विदेशमन्त्रीको प्रश्न: पुटिन भेट्न तयार छन् तर, के जेलेन्स्की राष्ट्रपति नै हुन् ?

रूसी विदेशमन्त्रीको प्रश्न: पुटिन भेट्न तयार छन् तर, के जेलेन्स्की राष्ट्रपति नै हुन् ?
  • ९ भाद्र २०८२, सोमबार १०:२४

काठमाडौं– रूसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको बताएका छन्। लावरोभले अमेरिकी च्यानल एनबीसीलाई दिएको अन्तर्वार्तामा भने, ‘वार्ताको अर्थ त्यतिबेला मात्र हुन्छ जब हामीलाई कागजातमा हस्ताक्षर गर्ने व्यक्ति वैध छ भन्ने प्रष्ट हुन्छ।’

mulpatra

उनले थपे, ‘युक्रेनको संविधानअनुसार जेलेन्स्की अब राष्ट्रपति होइनन् । उनी डि–फ्याक्टो प्रमुख त हुन्, तर सम्झौतामा हस्ताक्षर गर्ने को हो भन्ने गम्भीर प्रश्न छ।’ यद्यपि उनले जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामाथि भने प्रश्न उठाएका छन् ।

रूस लामो समयदेखि जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाउँदै आएको छ। उनको कार्यकाल मे महिनामा सकिएको हो, तर किभको भनाइमा मार्शल ल लागू भएकाले उनका अधिकार बढेको छ । र, उनी अझै पनि राष्ट्रपति नै हुन्।

mulpatra mulpatra mulpatra

यसअघि वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीसँगको भेटमा युक्रेनमा नयाँ चुनाव बारे प्रश्न उठाएका थिए । जवाफमा जेलेन्स्कीले युद्ध जारी रहँदा चुनाव गर्न सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।

जेलेन्स्कीले आइतबार पुटिनसँगको प्रत्यक्ष भेटवार्ता नै युद्ध रोक्ने सबैभन्दा प्रभावकारी उपाय रहेको बताएका थिए ।