Close

Recent Posts

वीरगन्जमा हैजा संक्रमितको संख्या ८१ पुग्यो, स्वास्थ्यमन्त्री समेत पुगे

वीरगन्जमा हैजा संक्रमितको संख्या ८१ पुग्यो, स्वास्थ्यमन्त्री समेत पुगे
  • ९ भाद्र २०८२, सोमबार १७:०४

काठमाडौँ– वीरगन्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ८१ पुगेको छ । शुक्रबार वीरगन्ज–१२ मुर्ली नयाँ टोलाका बासिन्दामा हैजा संक्रमण बढेर ८१ पुगेको महानगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले जानकारी दिए ।

mulpatra

यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल वीरगन्ज पुगेर हैजा फैलिएसपछि त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् । पौडेलले नारायणी अस्पताल पुगेर हैजा संक्रमणको अवस्थाबारे जानकारी लिएका हुन् । नारायणी अस्पतालमा बिरामीहरूसँग भेटेका उनले उपचारमा कुनै कमी नराख्न चिकित्सकहरूलाई निर्देशन दिए ।

झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि वीरगन्ज पुगेको छ । प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखला र हैजाका बिरामी देखिएपछि आवश्यक सहयोगका लागि चिकित्सकसहितको टोली वीरगन्ज पठाइएको जानकारी दिए ।

समुदायस्तरमा संक्रमण फैलिएपछि वीरगन्ज महानगरपालिकाले अस्पतालका प्रमुखहरूसँग छलफल गरेर २४ वटा टोली गठन गरेको थियो। ति टोलीहरूलाई बिरामीको उपचारको व्यवस्था गर्न, हैजा नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन, समुदायमा पुगेर सचेतना जगाउनेलगायतका अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।