पशुपतिमा तीजको हर्षोल्लासः आऊ न, सेल्फी, रिल र एउटा टिकटक खिचौं

काठमाडौं– आज हर्षोल्लासपूर्वक हरितालिका अर्थात तीज पर्व मनाइँदैछ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि पूजा गर्ने र परिसरमा नाचगान गर्नेहरुको घुइँचो लागेको छ । तीजको ब्रत बसेर पशुपति पुगेका धेरै महिला र युवती सेल्फी, फेसबुक रिल र टिकटक बनाउन व्यस्त छन् ।
पशुपतिनाथ मन्दिर परिसरमा तीजका व्रतालुहरुले सेल्फी खिचे, नाचगान गरे र अनि एकअर्कालाई शुभकामना साटासाट गरेका छन् । भने यहाँ पुगेका अधिकाश महिला र युवती टिकटक बनाउन व्यस्त देखिन्छन् ।

परिवार र साथीसंगीहरुसँगको भेटघाटको अवसर जुराइदिने पर्वको यो विशेष क्षणलाई स्मरणीय बनाउन कसलाई मन पर्दैन र ! त्यसैले उनीहरु एकल र सामूहिक फोटो खिच्दै÷खिचाउँदै रमाइलो गरिरहेका छन् । पशुपति क्षेत्रमा पनि त्यस्तै देखिन्छ ।

नेपाली नारीहरुमा तीज पर्वको रौनक छ । उनीहरु व्रत बस्ने, शिवालयहरुमा पुगेर पूजा गर्ने र नाचगान गर्ने काममा व्यस्त छन् । पछिल्लो समयमा तीजको सबैभन्दा बढी सेलिब्रेशन टिकटक, रिल र सेल्फीमा बढी देखिन्छ ।

पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाको लागि व्यव्था मिलाइएको शपुपति क्षेत्र विकास कोषले जनाएको छ। यसका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
केही भक्तजन भने मंगलबार बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने जोशीले बताए। पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटिएका छन् ।
तीजको अवसरमा सरकारले आज महिलाहरुलाई बिदा दिएको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिको गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।