Close

Recent Posts

२६ पटक विदेश यात्रा, २७ औं पटकमा नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख श्रोत नखुलेको रकम सहित पक्राउ

२६ पटक विदेश यात्रा, २७ औं पटकमा नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख श्रोत नखुलेको रकम सहित पक्राउ
  • २० जेष्ठ २०८३, बुधबार ०७:०५

काठमाडौं । २६ पटक विदेश यात्रा गरिसकेका नेपाल एयरलायन्सका कर्मचारी करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

mulpatra

पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थलीमा बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् ।

नेपाल एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत विश्वास सोमबार राति साढे ८ बजे बटिक एयरको उडानमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर जान लागेका थिए ।

mulpatra mulpatra mulpatra

विमानस्थल प्रहरीद्वारा गरिएको ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा उनको कालो रंगको लगेजभित्र फलामको कराइमा लुकाइएका अवस्थामा विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।

उक्त घटनापछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।