Close

Recent Posts

वीरगञ्जमा हैजा कम हुँदै, तर झाडापखालाका नयाँ बिरामी बढ्न थाले

वीरगञ्जमा हैजा कम हुँदै, तर झाडापखालाका नयाँ बिरामी बढ्न थाले
  • ११ भाद्र २०८२, बुधबार १०:५२

काठमाडौं– वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आइतबारदेखि सङ्क्रमितको संख्या तुलनात्मक रूपमा कम हुँदै गएको हो । स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार शुक्रबारदेखि मंगलबार साँझसम्म वीरगञ्जमा कुल ११४ जनामा हैजा पुष्टि भएको छ ।

mulpatra

आइतबार २९ जनामा हैजा पुष्टि भएकोमा सोमबार २२ र मंगलबार २१ जनामा मात्रै सङ्क्रमण देखिएको छ । अधिकृत ठाकुरले हैजा नियन्त्रणतर्फ उन्मुख भइरहेको बताए पनि अझै सतर्कता आवश्यक रहेको भन्दै स्थानीयवासीलाई स्वच्छता र सावधानी अपनाउन आग्रह गरेका छन ।
यस्तै, झाडापखालाका नयाँ बिरामीको सङ्ख्यामा भने उतारचढाव देखिएको छ । मंगलबार मात्रै ९३ जना बिरामी अस्पताल भर्ना भएका छन्, जुन सोमबारको ६२ को तुलनामा उल्लेख्य वृद्धि हो । शुक्रबारदेखि मंगलबार साँझसम्म झाडापखालाबाट प्रभावित हुनेहरूको कुल संख्या ४२२ पुगेको छ ।

नारायणी अस्पतालमा ४३ जना, तराई हस्पिटलमा ३८ जना, नेशनल मेडिकल कलेजमा १५ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मंगलम प्याथोलोजीमा तीन÷तीन जना, अली अर्थो र एड्भान्स मेडिकेयरमा दुई÷दुई जना तथा नारायणी सेन्ट्रल, नेपाल इण्डो, नीलकण्ठ, सर्वोत्तम र नेपाल मेडिसिटी बयोधा अस्पतालमा एक–एक जनामा हैजा पुष्टि भएको छ ।

उपचारपछि हालसम्म २२३ जना निको भई घर फर्किसकेका छन् । मंगलबार मात्रै ५२ जना डिस्चार्ज भएका छन् । हाल विभिन्न अस्पतालमा १९९ जना बिरामी उपचाररत छन्, जसमा ३१ जना आइसियूमा छन् ।