Close

Recent Posts

प्रचण्डले भारत भ्रमणबाट उपहारमा ल्याएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

प्रचण्डले भारत भ्रमणबाट उपहारमा ल्याएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो
  • ११ भाद्र २०८२, बुधबार १२:०६

काठमाडौं– तत्कालिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा गएका बेला उपहारस्वरूप ल्याएको मुर्रा राँगामध्ये एउटा मरेको छ । भारतले नेपाललाई दिएको ७ वटा राँगा पोखरास्थित राष्ट्रिय प्रजनन कार्यालयमा राखिए एउटा राँगाको मृत्यु भएको हो ।

mulpatra

एउटा मुर्रा राँगो साउन ३० गते नै मरेको हो । पोस्टमार्टम रिपोर्टमा भ्यागुते रोगका कारण मृत्यु भएको देखिएको कार्यालयका वरिष्ठ पशु अधिकृत तथा सूचना अधिकारी डा. महेन्द्र मल्लले जानकारी दिए । साउन ३० गते नै एकवटा मुर्रा राँगा मरेको हो । उक्त राँगाको पोस्मार्टम गर्दा त्यस्तो रोग देखियो ।

पूर्वप्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । करिब तीन वर्ष अगाडी २०८० मंसिरमा भारतबाट ल्याएर सात वटा मुर्रा राँगा पोखरामा राखिएको थियो । बाँकी ५ वटा लहान र बाँकेमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ३ वटा राँगा राखिएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकका बेला कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुर्रा राँगो मरेको जानकारी भावुक मुद्रामा मन्त्रीहरूलाई सुनाएका थिए । मुर्रा राँगा मरेकोबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुसन्धान समेत गरेको थियो । मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगानाको नेतृत्वमा अनुसन्धान टोली खटेको थियो ।