Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

अमेरिकालाई सय प्रतिशत कर लगाउन सरकार अरविन्द केजरीवालको सुझाव

अमेरिकालाई सय प्रतिशत कर लगाउन सरकार अरविन्द केजरीवालको सुझाव
  • १२ भाद्र २०८२, बिहीबार १६:४१

काठमाडौं– आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन् ।

mulpatra

उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप पनि लगाएका छन् । उनले बदलामा भारतले शतप्रतिशत कर लगाउनुपर्ने बताए । ‘यदि ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाएका छन् भने हामीले बदलामा १०० प्रतिशत ट्यारिफ लगाउनुपथ्र्यो। १४० करोड जनसंख्या कम होइन, हाम्रो बजार धेरै ठूलो छ।‘

केजरीवालले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘ट्रम्प एक कायर मानिस हुन्। जुन देश ट्रम्पविरुद्ध खडा भयो, त्यस देशको अगाडि ट्रम्पलाई झुक्नै प¥यो। उनले थपे, ‘मोदीजीलाई के बाध्यता छ थाहा छैन तर उनी ट्रम्पको अगाडि पूर्ण रूपमा झुकेका छन्।‘ केजरीवालले केही दिनअघि मोदीले ट्रम्पको दबाबमा कपासमा लाग्ने ११ प्रतिशत कर हटाइदिएको आरोप लगाए । ‘मोदीजीको यो निर्णयपछि अब अमेरिकाबाट आउने कपासमा कुनै शुल्क लाग्ने छैन।‘

mulpatra mulpatra mulpatra

उनका अनुसार, यो शुल्क केवल ४० दिन (१९ अगस्टदेखि ३० सेप्टेम्बरसम्म) का लागि हटाइएको हो। अब अमेरिकाबाट आउने कपास भारतका किसानले उत्पादन गरेको कपासभन्दा सस्तो हुनेछ।