Close

Recent Posts

साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै
  • १३ भाद्र २०८२, शुक्रबार ०८:०९

काठमाडौं । आज नेपाल र भारतबीच साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत प्रतिस्पर्धा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल नेपाली समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ।

mulpatra

यस पटकको प्रतियोगितामा चार टोली सहभागी छन् — भारत, बङ्गलादेश, नेपाल र भुटान। डबल राउन्ड रोबिन लिगको प्रारुपमा जारी खेलमा भारत १२ अंकसहित शीर्ष स्थानमा छ भने बङ्गलादेश ९ अंकका साथ दोस्रो स्थानमा रहेको छ। नेपाल हाल ३ अंकसहित तेस्रो स्थानमा छ भने घरेलु टोली भुटान जितविहीन रहँदै चौथो स्थानमा रहेको छ।

आगामी खेल तालिकाअनुसार नेपालले यही १५ भदौमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। यद्यपि उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिएको छ।