Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
  • १३ भाद्र २०८२, शुक्रबार १३:३१

काठमाडौं– नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।

mulpatra

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि खापुङको नियुक्त लागू हुनेछ । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् । यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा पनि सीआईबीमै कार्यरत रहेका उनी एआईजी भएपछि पनि त्यहीँ पदस्थापन भएका थिए ।

त्यसअघि उनी कोसी प्रदेशको प्रहरी प्रमुख थिए । २०५१ सालमा खुलेको प्रहरी निरीक्षक (इन्सपेक्टरमा) प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला प्रतिस्पर्धा गर्ने मध्ये तेस्रो आईजीपी खापुङ बनेका हुन् ।

mulpatra mulpatra mulpatra

यसअघिका आईजीपी वसन्तबहादुर कुँवर र दीपक थापा पनि उनीसँगै प्रतिस्पर्धा गरेर प्रहरी निरीक्षकमा भर्ना भएका थिए। तर प्रहरी निरीक्षकमा एक सय जना उत्तिर्ण गर्दा क र ख समूहमा विभाजन गरिएको थियो ।

क समूहमा कुँवर थापासहित ६० जना थिए। तर २०५१ चैत ५ गते कुँवरसहित ५२ जनालाई मात्रै नियुक्त गरेर बाँकी ८ जनालाई पछि सम्पर्क गर्ने भनिएको थियो। उनीहरूलाई २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त गरिएको थियो। जतिबेला दीपक थापासहित ८ जना नियुक्त भएका थिए। तीमध्ये आईजीपी थापा र एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ पनि १८ गते थापासँगै अवकाश हुनेछन्।

त्यसअघि १५ गते खापुङका ब्याची एआईजी कृष्णहरि शर्मा पोखरेल पनि अवकाश हुने भएपछि त्यो ब्याचको खापुङ मात्रै रहनेछन्। खापुङले आगामी कात्तिक २७ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।

Image Source: © https://mulpatra.com

खापुङसहित समूह खमा रहेका ४० जनालाई विशेष दरबन्दी सिर्जना गरेर २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा नियुक्त गरिएको थियो। उनी ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे अढाई महिनामै अवकाश हुनेछन्।