Close

Recent Posts

चीन भ्रमणबारे प्रधानमन्त्री– नेपालको प्रतिष्ठा माथि उठाउने गरी काम गर्छु

चीन भ्रमणबारे प्रधानमन्त्री– नेपालको प्रतिष्ठा माथि उठाउने गरी काम गर्छु
  • १३ भाद्र २०८२, शुक्रबार १५:१८

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु रहेको उनले सुनाए ।

mulpatra

प्रतिनिधिसभाको जारी बैठकमा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४–१८ सम्म ५ दिने भ्रमणमा जान लागेको बताए । भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्रीले भने, ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । त्यसमा विश्वस्त रहन आग्रह गर्छु ।’

भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट हुनुका साथै बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेट हुने बताए । एससीओ शिखर सम्मेलनका दौरान विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको बताए ।

mulpatra mulpatra mulpatra

हालसम्म रूसीका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको बताए । कार्यसूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट्ने उल्लेख छैन ।