वीरगंजमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमाले कार्यकर्ताको भव्य स्वागत
काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्या भण्डारी शनिबार वीरगंज पुगेकी छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको बीआइसीसीआई बृहत महिला सम्मेलन–२०८२ मा सहभागी हुन उनी वीरगंज पुगेकी हुन्।

भण्डारीलाई वीरगंज पुग्ने क्रममा बाराको सिमरा विमानस्थलमै एमाले नेताहरूले भव्य स्वागत गरेका थिए। स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर सिमरा उपमहानगरका उपमेयर भोला अधिकारी, अध्यक्ष त्रिलोक शाह, बिरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मालगायत नेताहरूको उपस्थितिमा उनलाई ५१ किलोको माला लगाइदिएर सम्मान गरिएको हो। स्थानीय महिलाहरू समेत लामबद्ध भएर उनको स्वागतमा सहभागी भएका थिए।
भण्डारीले बीआइसीसीआई सम्मेलनमार्फत महिला उद्यमीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। तर उनको यस सक्रिय राजनीतिक–सार्वजनिक उपस्थितिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मन पराएका छैनन खासगरि भण्डारी पार्टीमा आए उनको राजनीतिमा विराम लाग्ने उनले बुझेको कतिपयको भनाइ छ
![]() |
![]() |
![]() |
|---|
गत असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीका दिन भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै सदस्यता नवीकरण भएको बताएकी थिइन्। तर एमाले केन्द्रीय कमिटीले औपचारिक निर्णय गर्दै उनलाई राजनीतिमा फर्कन रोक लगाएको थियो। सोही निर्णयअनुसार उनको सदस्यता नवीकरण नभएको भन्दै नेतृत्वले स्पष्टीकरण दिएको छ।
यसैबीच, भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न सम्पर्क कार्यालय खोले पछि विच्कीएका ओली ले ‘असन्तुष्टहरू बोकेर जन्मदिन मनाउने तयारी’ भन्दै कटाक्ष गरेका थिए।
पार्टी नेतृत्वको निर्देशन विपरीत भण्डारी निरन्तर सार्वजनिक कार्यक्रम र राजनीतिक गतिविधिमा सक्रिय देखिनु, र वीरगंजमा एमाले नेताहरूले भव्य स्वागत गर्नुले पार्टीभित्र अध्यक्ष ओलीको निर्देशन भन्दा कार्यकर्ताले चाहना बढी झल्किएको स्पष्ट देखिएको छ ।
Image Source: © https://mulpatra.com



