Close

Recent Posts

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

गौरा पर्वमा रमाउँदै सुदूरपश्चिम, परराष्ट्र मन्त्रीले भित्र्याइन गौरा

गौरा पर्वमा रमाउँदै सुदूरपश्चिम, परराष्ट्र मन्त्रीले भित्र्याइन गौरा
  • १५ भाद्र २०८२, आईतवार ०९:५४

काठमाडौ‌ । भाद्र शुक्ल पञ्चमीदेखि सुरु भई अष्टमीका दिन धुमधामका साथ मनाइने सुदूरपश्चिमेलीहरूको मौलिक पर्व गौरा पर्व आज अष्टमीका दिन विशेष पूजा–अर्चना र देउडा नृत्यसँगै मनाइँदैछ ।

mulpatra

सुदूरपश्चिम प्रदेशभर मात्र होइन, कर्णाली र राजधानी काठमाडौंमा समेत यस पर्वको रौनक फैलिएको छ। महिलाहरूले निराहार व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने, पाँच किसिमका गेडागुडी (बिरुडा) भिजाएर देवीलाई चढाउने र धार्मिक अनुष्ठानसहित सामाजिक एकता, सौहार्द र सहिष्णुताको सन्देश फैलाउने परम्परा रहिआएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौंको आफ्नो निवासमा आज गौरा भित्र्याएकी छन् । उनले धार्मिक पूजा आजा सहित आज गौरा भित्र्याएकी हुन् ।

बिरुडा पञ्चमीदेखि सुरु हुने यस पर्वमा सप्तमीका दिन गाउँ–गाउँमा गौरालाई देवी पार्वतीको प्रतीक मानेर भित्र्याउने चलन छ भने अष्टमीको दिन आँगन वा गौरा खलामा सामूहिक पूजा गरी व्रत बस्ने परम्परा छ। दुबोको पूजा समेत गरिने भएकाले यस अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ। दुबो जसरी फैलिन्छ, त्यसरी नै सन्तान, दरसन्तान फैलिउन् भन्ने कामनाले यो पूजा गरिन्छ।

mulpatra mulpatra mulpatra

धर्मशास्त्रविद्हरूका अनुसार शुक्ल पक्षमा मनाइने गौरा उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भनिन्छ। यस वर्ष भाद्र शुक्ल अष्टमी भएकाले यो गौरा उज्यालीका रूपमा मनाइँदैछ।

पश्चिम नेपालको मौलिक संस्कृति बनेको यस पर्वमा महिलाले नयाँ लुगा धारण गरी देउडा गीत गाउँदै नृत्य गर्छन्। डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा, चैतली, धुमरी, ढुस्को लगायतका भाका मिसाइन्छन्, जसले सामूहिकता र सामाजिक ऐक्यबद्धताको झल्को दिन्छ।

यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भाद्र १५ र १६ गते प्रदेशव्यापी सार्वजनिक बिदा दिएको छ। काठमाडौंमा समेत सुदूरपश्चिम र कर्णाली प्रदेशका वासिन्दाले टुँडिखेललगायत स्थानमा भेला भई देउडा खेल्दै, गीत गाउँदै गौरा पर्व मनाउँदै आएका छन्।

Image Source: © https://mulpatra.com

लोककथाअनुसार सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउन भाद्र महिनामा तपस्या गरी मनोकामना पूरा गरेकी स्मृतिमा यो पर्व सुरु भएको मानिन्छ। त्यसयता जल, जमिन र प्रकृतिसँग नजिक रहेको सन्देशसहित सुदूरपश्चिमेलीहरूले यो पर्वलाई आफ्नै मौलिक सांस्कृतिक सम्पदा बनाएर पुस्तौंदेखि निरन्तर जोगाउँदै आएका छन्।