रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बैठक सुरु हुने छ ।

आजको बैठकमा पार्टीको केन्द्रीय महाधिवेशनको मिति बारे छलफल हुने जनाइएको छ । त्यसैगरि सरकार सञ्चालन बारे विशेष छलफल हुने जनाइएको छ ।
बैठकमा बजेट सम्मुखमा रहेकाले संसदको चालु बर्खे अधिवेशनलगायत विषयमा समेत छलफल गर्ने छ । बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|



