डीडीसीका कर्मचारीले लिने सित्तैको दूध र घ्यु, कटौती
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको डीडीसीमा कार्यरत कर्मचारीले लिने सित्तैको दूध र ध्यूको कटौति भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी छिन् ।

डीडीसीका कर्मचारीहरूले दैनिक रूपमा १ लिटर दूध र मासिक रूपमा १ केजी घिउ घर लैजाने गरेका थिए । यस अघि पनि उक्त निर्णय भए पनि पूर्णतया पालना भएको थिएन । दुग्ध किसानहरूलाई दिनुपर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्थामा कर्मचारीले सित्तैमा दूध र ध्यू खानु नहुने भन्दै उक्त सुविधा कटौति गरेकी छिन्।
अन्य सार्वजनिक सस्थानहरूमा पनि संस्था घाटा नोक्सानीमा गएका बेला सुविधा नलिने अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध पदार्थ बिक्री गरी आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुविधा कटौती जरुरी रहेको ठहर गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
यो निर्णय पूर्णरुपमा लागु भए वार्षिक करिब ३ करोड रुपैयाँ बराबरको खर्च बचत हुने अनुमान गरिएको छ। बचत हुने उक्त रकमलाई अब किसानको बाँकी भुक्तानी चुक्ता गर्ने तथा दुग्ध उत्पादन र आपूर्ति प्रणाली सुदृढीकरणका कार्यक्रमहरूमा परिचालन गर्ने योजना रहेको डीडीसीले जनाएको छ।



