Close

Recent Posts

सेयर बजारबारे सरकारप्रति जागेन विश्वास, लगानीकर्ता निरास हुँदा बजार २७ सय नजिक

सेयर बजारबारे सरकारप्रति जागेन विश्वास, लगानीकर्ता निरास हुँदा बजार २७ सय नजिक
  • २९ बैशाख २०८३, मंगलवार २०:३४

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा पूँजीबजार सुधारका विषय समेटिए पनि लगानीकर्ताले त्यसलाई विश्वासयोग्य रूपमा लिन नसक्दा मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा झरेको हो। बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेर ४ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ।

mulpatra

सरकारले नीति तथा कार्यक्रममा संस्थागत लगानीकर्ता, बीमा कम्पनी, पेन्सन फण्ड तथा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने, धितोपत्र नियमन र क्लियरिङ प्रणाली पुनर्संरचना गर्ने तथा बण्ड बजार विकास गर्ने घोषणा गरेको थियो। तर यस्ता कार्यक्रम विगतदेखि दोहोरिँदै आए पनि कार्यान्वयनमा स्पष्टता नदेखिएकाले लगानीकर्तामा उत्साह आउन नसकेको विश्लेषण गरिएको छ।

सरकारले पूँजीबजारका लागि नयाँ नीति ल्याए पनि त्यसको कार्यान्वयनप्रति लगानीकर्तामा भरोसा देखिएको छैन। पछिल्लो समय ठूला व्यवसायी र लगानीकर्तामाथि भएको सरकारी धरपकडले समेत बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ। अहिलेको बजार अझै बुलिस ट्रेन्डमै रहे पनि नेप्से २७ सयभन्दा तल झरे वियरिस प्रवृत्ति सुरु हुन सक्ने विश्लेषकले बताएका छन् ।

mulpatra mulpatra mulpatra

मंगलबार कारोबारमा आएका ३३८ कम्पनीमध्ये २५१ वटाको सेयर मूल्य घटेको छ भने १३ वटाको मात्रै बढेको छ। धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढ्दा फर्स्ट माइक्रोफाइनान्सको मूल्य १२.४० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स अगाडि रहे। समूहगत परिसूचकतर्फ म्युचुअल फण्ड बाहेक सबै समूह ओरालो लाग्दा समग्र बजारमा निराशा झल्किएको देखिएको छ।