Close

Recent Posts

चिनियाँ धान उत्पादन केन्द्र हेरेर चीनमा ओली रमाउँदै, नेपालमा पसिनाको मुल्य खोज्दै किसान सडकमा

चिनियाँ धान उत्पादन केन्द्र हेरेर चीनमा ओली रमाउँदै, नेपालमा पसिनाको मुल्य खोज्दै किसान सडकमा
  • १५ भाद्र २०८२, आईतवार १७:४०

चीन भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी हुन हिजो चीन आएका प्रधानमन्त्री ओलीले आज बिहान जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन् । सो भ्रमणमा नेपाली प्रतिनिधिमण्डल टोलीका सबै सदस्य सहभागी छन् ।

mulpatra

ओलीका सचिवालयका अनुसार ओली धान उत्पादन विशेष क्षेत्रमा अध्यक्ष चासोका साथ हेरेका छन् । ओलीले धान उत्पादनका प्रक्रिया र यसका बारेमा उच्च चासोका साथ हेरे । शिखर सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुँदै छन् । त्यसका लागि नेपाली प्रतिनिधिमण्डल हिजो नै थियानजिन पुगेको छ । प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि उखु उत्पादक किसान सडक आन्दोलनमा थिए ।

उखु किसानसँगै आजदेखि दूध उत्पादक किसानहरु पनि आन्दोलनमा उत्रिने भएका छन् । उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् ।

दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले धर्ना दिन लागेको हो ।

‘दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूलाई आफ्नो परिवार पालनपोषण, छोराछोरीको शिक्षा–दीक्षा तथा पशुपालनमा कठिनाइ भएको छ । गत वर्षदेखिकै भुक्तानी नपाउँदा किसानहरूले ठूलो पीडा र आर्थिक संकट व्यहोर्न बाध्य हुनुपरेको छ ।’ उनले भने ।

यस्तै क आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको हो ।

सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । महासंघले विज्ञप्ति यसप्रकारको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले लिनुपर्ने बताएको छ ।

महासंघले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदा रकम विनासर्त भुक्तानि गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर–खेतमा फर्किने वातावरणा बनाउन माग गरेको छ ।

टोलीमा ओलीका साथ प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका छन् ।

सम्मेलनमा नेपालका प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरूले सहभागीता जनाउँदै छन् । प्रधानमन्त्री ओलीले नेपाल एससीओको डायलग पार्टनरको रुपमा शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।