स्ट्रेट अफ हर्मुज पूर्ण रुपमा खुला, तेलको मुल्य घट्यो
इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खोलेको घोषणा गरेको छ। यो घोषणा सँगै अन्र्तराष्ट्रिय रुपमा तेलको मुल्यमा समेत गिरावट आएको छ ।
ईरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत तेल मार्ग खोलिएको घोषणा गर्दै भनेका छन् ‘इजरायल र लेबनानबीच भएको युद्धविरामको सन्दर्भमा होर्मुज मार्गलाई सबै व्यापारिक जहाजहरूका लागि पूर्ण रूपमा खोलिएको छ।’

ईरानले होर्मुज मार्गलाई व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खोल्ने घोषणा गरेपछि कच्चा तेलको मूल्य १३ प्रतिशतले घटेको छ। शुक्रबार, अप्रिल १७ मा मूल्य करिब १३ डलर घटेर प्रति ब्यारेल ८६ डलरमा झरेको छ।
एक दिनअघि कच्चा तेलको मूल्य प्रति ब्यारेल ९९.३९ डलर थियो। फेब्रुअरी २८ मा युद्ध सुरु हुनु अघि कच्चा तेल ७३ डलर प्रति ब्यारेल थियो। युद्धको क्रममा मार्च ९ मा मूल्य बढेर प्रति ब्यारेल १२० डलर पुगेको थियो।
![]() |
![]() |
![]() |
|---|



