हरेक शनिवार सवारी मुक्त असन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्राचीन बजार क्षेत्र असन को मौलिकता जोगाउने उद्देश्यले ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। वैशाख ५ गतेदेखि हरेक शनिवार असन क्षेत्रमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ।

बढ्दो सवारी चापले सांस्कृतिक तथा सामाजिक जीवनमा असर पारेपछि यस्तो निर्णय गरिएको हो महानगरपालिकाले जनाएको छ ।
कार्यक्रम अन्तर्गत कमलाक्षी चोक, भोटाहिटी चोक र महाबौद्धबाट असन क्षेत्रसम्मका मुख्य मार्गहरूमा सवारीसाधन निषेध गरिएको छ। त्यस दिन असन क्षेत्रमा रैथाने सीप, परम्परागत व्यापार, सांस्कृतिक कार्यक्रम, गायन, वादन तथा नृत्यजस्ता गतिविधि सञ्चालन गरिनेछन्। यसले स्थानीय जीवनशैली संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
महानगरले आगन्तुकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सवारीसाधनहरू धरहरा भूमिगत पार्किङ, जमल बहाल र दरबार हाइस्कुलजस्ता स्थानमा पार्क गरी पैदल रूपमा असन प्रवेश गर्न आग्रह गरेको छ।
महानगर प्रहरीको निगरानीमा सञ्चालन हुने यस कार्यक्रमले काठमाडौँको सांस्कृतिक पहिचान जोगाउन र परम्परागत शहर जीवनलाई पुनर्जीवित गर्न सहयोग पुग्ने महानगरले अपेक्षा गरेको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



