धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अर्थमन्त्रालयमा राजीनामा पत्र बुझाएका छ ।

सेबोनमा विवादास्पद निर्णयहरु गरी पूँजीबजारलाई बदनाम गरेको आरोप लागिरहेको बेला मन्त्रालयमा स्वइच्छाले राजिनामा पत्र बुझाएको श्रेष्ठले बताएका छन् ।
आजको सेबोनको बोर्ड बैठकमा आफु राजीनामा गर्ने निर्णयमा पुगेको भन्दै सञ्चालक तथा सहयोगीहरुलाई उनले धन्यवाद दिएका थिए ।
![]() |
![]() |
![]() |
|---|
यसअघि अर्थमन्त्रालयबाट उनलाई बोलाएर तत्काल राजीनामा गर्न निर्देशन दिइएको थियो । उनीमाथि पछिल्लो समय सम्पत्ति शुद्धिकरणले समेत अनुसन्धान गरिरहेको छ । त्यसअघि उनीविरुद्ध थुप्रै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । अख्तियारले समेत नयाँ सरकार बनेलगत्तै ती पुराना उजुरीहरुको फाइल खोलेर अनुसन्धान अगाडि बढाएको थियो ।



