Close

Recent Posts

एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठले मूलपत्रमा प्रकाशित समाचार हटाउन विज्ञप्तीमार्फत धम्क्याए

एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठले मूलपत्रमा प्रकाशित समाचार हटाउन विज्ञप्तीमार्फत धम्क्याए
  • १६ भाद्र २०८२, सोमबार १५:४५

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठले मूलपत्र डटकममा प्रकाशित समाचार हटाउन दबाब दिएका छन् ।

mulpatra

केसी पक्षलाई वाइपास गर्दै यूएईमा श्रेष्ठ पक्षले बेग्लै भेला, बद्री पक्ष एनआरएनएलाई धरपकडको त्रास देखाउँदै श्रेष्ठ शीर्षमा प्रकाशित समाचार हटाउन दबाब दिदै श्रेष्ठले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै समाचार नहटाए कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले मूलपत्रका सम्पादक हरि दहालसँग कुराकानी गदै संघका महासचिव भूवनकूमार वाग्लेले मानसिक अवस्था बिग्रिएको पागलले त्यो सूचना दिएको हो भन्दै धम्कीपुर्ण भाषा प्रयोग गरी समाचार हटाउन दबाब दिएका छन् । उनले कानुनीभन्दा बाहिर गएर धम्कीपुर्ण भाषा नै विज्ञप्तीमा प्रयोग गरी समाचार हटाउन दबाब दिएका हुन् । उनी यूएईमा कन्सल्टेन्सी खोलेर नेपाली युवालाई युवाबाटै युरोपका देश कामदार पठाउने गरेका छन् ।

श्रेष्ठले विज्ञप्तीमा वाग्लेलाई नैतिक पतन भएको व्यक्ति भएका कारण यूएईको कानुनी कारवाही गरेको विज्ञप्तीमा बताएका छन् ।

श्रेष्ठले एनआरएनएकै नाममा प्रकाशित विज्ञप्तीमा समेत समाचार हटाउन दबाब नै दिएका छन् । उनको विज्ञप्तीमा समेत धम्कीपुर्ण भाषा प्रयोग गरेका छन् । श्रेष्ठले यूएईमा बद्री केसी पक्ष एनआरएनए माथि कानुनी समस्या सिर्जना गर्न खोजेको आरोप पटक–पटक लागेको छ । उनले एनआरएनएजस्तो मयार्दित संस्थामा बसेर यही संस्थाको नाम प्रयोग गदै सञ्चारमाध्यमलाई समेत धम्की दिएका छन ।

श्रेष्ठले मूलपत्र मिडियालाई पठाएको विज्ञप्ती