केसी पक्षलाई वाइपास गर्दै यूएईमा श्रेष्ठ पक्षले बेग्लै भेला, बद्री पक्ष एनआरएनएलाई धरपकडको त्रास

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) महेश श्रेष्ठ पक्षले यही २१ सेप्टेम्वर २०२५ मा दुबईमा विधान भेला गर्दैछ । उक्त भेलामा अर्का अध्यक्ष बद्री केसी पक्षको सहभागिता बिना नै गरिदै छ । केसी पक्षले भने अक्टोबरमा नेपालमा महाधिबेशन गर्ने घोषणा गरेको छ ।
श्रेष्ठ पक्षले गैरआवासीय नेपाली संघको उपाध्यक्ष मनोज गोर्खाली श्रेष्ठ र कोषाध्यक्ष ठाकूर प्रसाद ढुंगाना र मध्यपूर्व संयोजक रमेश श्रेष्ठ यूएईमै व्यवसाय गरेर बस्ने र यूएई एउटा विश्वकै हब भएकोले कार्यक्रम त्यहां तोकिएको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । यूएईमा बद्री केसी पक्षधर समूहको उपस्थिति नरहेकोले पनि यूएईको दुबईलाई गन्तब्य तोकिएको उनको बुझाइ छ ।
आईसिसीको कार्यक्रम तय गरिएपनि यूएईको एनसीसीको रूपमा रहेको र स्थानिय यूएई सरकारको कम्यूनिटी डेभलपमेन्ट अथोरिटीमा दर्ता रहेको नेपाल एसोसिएसन – एनआरएनए एनसीसी यूएईका वर्तमान अध्यक्ष विकास शाहीले २४ अगस्टमा तोकेको निर्वाचन सम्वन्धित निकायवाट एप्रुभल नपाएका कारण स्थगित भएको छ ।
गत जून ३० तारीखमा बद्री केसी पक्षले समानान्तर समिति उपाध्यक्ष बिष्णूलाल श्रेष्ठको संयोजकत्वमा निर्माण गरेपछि महेश पक्षको समर्थनमा रहेको अध्यक्ष विकास शाहीको कार्यसमितिले उपाध्यक्ष विष्णुलाल श्रेष्ठ , सचिव त्रय नवराज श्रेष्ठ , सुमन भन्डारी, जीवनसिंह ठकूरी , कोषाध्यक्ष कमल लामा र सदस्यहरू, विनोद रत्न तूलाधर र द्रोणराज ढकाललाई निष्कासन गरेको थियो ।
बद्री पक्षले २७ जूलाईमा तोकेको अधिवेशनको जोडतोडले अध्यक्ष बद्री केसी , महासचिव गौरीराज जोशी र उपाध्यक्ष हेमराज शर्मा अतिथि आउने भनि प्रचार गरेपनि स्थानीय निकायले सो कुराको जानकारी पाए पछि बद्री केसी समूहको अधिवेसन सम्पन्न हून सकेन ।
सो समूहले भुमिगत रूपमा अनलाइनमार्फत गरिएको अध्यक्ष र नवराज श्रेष्ठ महासचिवको रूपमा गठन गरिएको भनिएपनि सो समूह भूमिगत अवस्थामा छ ।
नेपाल एसोसिएसन स्थानिय निकायमा दर्ता गर्न पहल गरेका पूर्व अध्यक्ष पनि रहेका र आईसिसि मध्यपूर्व संयोजक, अनूसासन समिति संयोजक रहेका म्यानपावर व्यवसायी रमेश श्रेष्ठको संयोजकत्वमा ५ सदस्यिय निर्वाचन समिति गठन भयो जसमा रमेश श्रेष्ठ संयोजक, सुदीप कार्की , ठाकूरप्रसाद ढुंगाना , खेमराज बस्नेत र एकेन्द्र बहादूर थापा सदस्य रहेका छन ।
बिचमा गएर आईसिसी कोषाध्यक्ष रहेका ठाकूर प्रसाद ढुंगाना आफूभन्दा जूनियर मध्यपूर्व संयोजक रमेश श्रेष्ठको संयोजकत्वमा वस्न नमानेपछि उक्त पदमा आफ्नो समर्थक रहेका नवीन पौडेललाई सदस्य बनाउन महासचिव भुवनकूमार वाग्लेलाई दबाब दिएपछि महासचिव वाग्लेले उक्त स्थानमा पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटालाई प्रस्ताब गरेका थिए ।
यसै क्रममा महेश श्रेष्ठ पक्षको प्रखर समर्थक रहेका महासचिव भूवनकूमार वाग्लेले आगामी कार्यकालको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेर सदस्यता अभियान तीव्र पारेका थिए । वाग्लेले थेरापी भन्दै आफुलाई मन नपरेका व्यक्तिहरुलाइ जथाभाबी आरोप लगाउन थाले पछि उनको गतिबिधि संस्थाको बिधान बिपरित रहेको भन्दै अनूशासन समितिले महासचिव भुवनकूमार वाग्लेलाई स्पस्टिकरण तथा निस्कासनको कारबाही गर्न सिफारिस गरेपछि एनए एनआरएनए यूएईले सोही वमोजिम महासचिवलाई निलम्वन गरेको छ ।
निलम्बित महासचिब वाग्लेलाइ सदस्यता पोर्टलको एप्रोभर, एसोसिएसनका ग्रुपको एड्मिन, र ग्रुपबाटै हटाएपछि आक्रोसित वाग्लेले सामाजिक सञ्जालमा जथाभाबी आरोप लगाउन थालेका छन । वाग्लेले सामाजिक संजालमा जथाभाबी लेखेर बद्नाम गर्न थाले पछि श्रेष्ठले दूबई प्रहरीमा उजुरी गरेका थिए । वाग्लेले दुबई प्रहरीको अगाडि र सामाजिक संजालमा लेखेर सार्बजनिक माफी मागे पछि श्रेष्ठले उजुरी फिर्ता लिएका छन ।
निलम्बित महासचिव भुवनकूमार वाग्लेलाई यस बिषयमा जिज्ञासा राख्दा मघ्यपूर्व संयोजक रमेश श्रेष्ठले आगामी कार्यकालमा उनका यसम्यान रहेका बाबुराम बिश्वकर्मालाई अध्यक्ष वनाउन चाहेको र आफू गूण र दोषको आधारमा काम गर्ने पढेलेखेको व्यक्ति भएको र रमेश श्रेष्ठको यसम्यान नरहेकोले आफुलाई पाखा लगाउने षड्यन्त्र अन्तर्गत नियोजित रूपमा यो कारबाही गरिएको उनले बताए । निर्वाचन समिति गठन भइसकेको अवस्थामा कार्यसमिति कामचलाउ हूने तथा उक्त कार्यसमितिले महासचिवजस्तो कार्यकारी पदमा रहेको व्यक्तिलाई निलम्वन गर्नु अवैधानिक भएको उनको दाबी छ ।
उनका अनुसार अन्याय र प्रतिशोधपूर्ण कारबाहीपछि उनीसँग रहेका माईन्यूट नेपाल एसोसिएसन अध्यक्ष, महासचिव र कोषाध्यक्ष समेत आफै रहेका विकास शाही र मध्यपुर्व संयोजक, अनूशासन समिति संयोजक र निर्वाचन समिति संयोजक समेत रहेका रमेश श्रेष्ठको धम्कीका बाबजूद पनि उनीहरूलाई नबूझाएको र सो माईन्यूट र सांगठनिक प्रतिवेदन नबूझाएकोले गर्दा २४ अगस्टमा तोकिएको निर्वाचनको एप्रोभल नआएको उनको जिकिर छ । आफूमाथि गरिएको अपमानजनक निलम्बन फिर्ता गरि निर्वाचनमा सहभागी हून बाटो खोलिदिए सबै किसिमको सहयोग गर्ने, माईन्यूट बुझाउने र निर्वाचनको परिणाममा हार वा जीत भए सहज स्वीकार गर्ने उनको भनाइ छ ।
यो समाचारमा पीडित पक्षको समेत कुरा बुझी केही बुँदा संसोधन गरिएको छ । सम्पादक