Close

Recent Posts

जीएसआईमा नेपालले कुनै सहमति नभएको परराष्ट्र सचिव राईको भनाइ

जीएसआईमा नेपालले कुनै सहमति नभएको परराष्ट्र सचिव राईको भनाइ
  • १९ भाद्र २०८२, बिहीबार १०:५४

काठमाडौं– सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनः स्पष्ट परराष्ट्र मन्त्रालयले जनाएको छ ।

mulpatra

प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए । ‘मुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ । परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टिकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ ।’ उनले भने ।

तर, राईलाई कोर्ट गर्दै विभिन्न सञ्चारमाध्यमले जिएसआईमा नेपालले केही विषयमा सहमति गरेको समाचार लेखेका थिए । राईले पनि केही सञ्चारमाध्यमलाई यसमा विषयमा सामान्य बोलेका थिए ।

चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा १४ भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जीएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।