Close

Recent Posts

आज देखि फेसबुक, युट्युबसहित २६ वटा एप बन्द हुँदै

आज देखि फेसबुक, युट्युबसहित २६ वटा एप बन्द हुँदै
  • १९ भाद्र २०८२, बिहीबार १४:४७

काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सन्जाल फेसबुक, युट्युबसहित २६ वटा एप बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजदेखि नै उक्त एपहरु बन्द गर्ने निर्णय गरेको हो ।

mulpatra

सरकारले यसअघि दिएको पटक पटकको निर्देशन उक्त एप सन्चालन गरिरहेका कम्पनीहरुले अवज्ञा गर्दै आइरहेका थिए । पटक पटकको सुचना अवज्ञा गरेपनि एक साता अघि पुन एक साताकै समय दिँदै आधिकारिक रुपमा दर्ता हुन पत्र पठाएको थियो । हिजै उक्त पत्रको समयावधि सकिएपछि आज सन्चार तथा सुचना प्रविध मन्त्रालयले निर्णय नै गरि आजदेखि २६ वटा सामाजिक सन्जाल बन्द गर्ने घोषणा गरेको छ ।

मन्त्रालयले विज्ञप्ती मार्फत त्यसको जानकारी दिने भएको छ । ‘सूचीकरण नभएका २६ वटा सामाजिक सन्जालहरु आजबाट बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ’ मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

mulpatra mulpatra mulpatra