माइतीघरमा जेनजीको प्रदर्शन सुरु, भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध नारावाजी
काठमाडौं– काठमाडौँको माइतीघरमा जेनजीको प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित भएका युवाहरू अहिले नाराबाजी गरिरहेका छन् ।

सहरका विभिन्न ठाउँबाट युवाहरू भेला हुने क्रम जारी छ । भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्ड पनि प्रदर्शन गरिरहेका छन् ।
भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा काठमाडौंमा प्रदर्शन शुरु भएको छ । माइतीघरमा जम्मा भएका प्रदर्शनकारी कोही कलेज पोशाकमा छन् भने केहीले उत्तेजक राजनीतिक नारा समेत लगाइरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् । प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिँदैछन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् ।



