जेनजी प्रदर्शन: प्रहरीले चलायो गोली, नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त
काठमाडौं– नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।
जेनजीको आन्दोलन उग्र भएपछि कफ्र्यू आदेशसँगै प्रहरीले रबरको गोली चलाएको छ ।
![]() |
![]() |
![]() |
|---|
प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।



