Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

जेनजीले थपेको अन्यौलता, नेपालमा विध्वंस मच्चाएर विदेशबाट छलफल गदै एउटा समुह

जेनजीले थपेको अन्यौलता, नेपालमा विध्वंस मच्चाएर विदेशबाट छलफल गदै एउटा समुह
  • २५ भाद्र २०८२, बुधबार १६:११

काठमाडौं– सोमबारबाट सुरु भएको जेन जी प्रदर्शनले हिंसात्मक रूप लिँदा कम्तीमा १९ जनाको मृत्यु भयो । भने ५ सयभन्दा बढी घाइते भए । तर यो जेन जी समूहको पहिचान समेत खुलेको छैन ।

mulpatra

आज नेपाली जेनजी समुहले गरेको जुम मिटिङमा सबै पहिचान लुकाएको पाइयो । भने अधिकांश विदेशमा बसेर नेपालमा जेनजी आन्दोलन मच्चाएको देखियो ।

४ हजार बढी समूह भएको नेपाली जेनजी पहिचानविहिन जस्तो देखिएको छ । उक्त समूहमा हंङकङ लगायतमा स्थायी बसोबास गरिरहेकाहरु समेत भेटिएका छन् । नेपालमा विध्वंस मच्चाएर विदेशबाट छलफल चलाइरहेको पाइएको हो । उनीहरुले जेनजीको आन्दोलनमा कसरी लिडरसिप लिने भनेर मात्र छलफल गरेका छन् । उक्त समूहमा बोल्न एक युवती आफु नेपालमा जन्मिएको होइन । तर मैले नेपालमा आन्दोलन गर्न सहयोग गरेको छु भन्दै छलफलमा बताइरहेकी थिइन् । यही समूह विभिन्न देशमा बसेर नेपालमा आन्दोलन चलाएको पाइयो । समूहको रणनीति वा योजना विदेशबाट निर्देशन वा समन्वय गरेर चलाइएको छ ।

mulpatra mulpatra mulpatra

राजनीतिक वा सामाजिक आन्दोलनपछि यो पुस्ताको चर्चा छ । तर यही पुस्ता अदृश्य छ । यस समूहको स्पष्ट नेतृत्व वा सदस्यता खुलेको छैन । यहीभित्र समेत अनेक समूह देखिएकोले छलफलमा रहेको नेपाली सेना समेत अन्योलमा परेको छ । आन्दोलन हिंसात्मक भएर सेना अघि आउन वाध्य भएको बेला जेनजी समूह आधिकारीक को हो ? कसले नेतृत्व गर्ने भन्ने विषय समेत समूहमा छलफल भएपछि अन्योल र अपरिपक्ता देखिएको छ ।

सरकारविरुद्धको आन्दोलन चर्किएर प्रधानमन्त्री राजीनामा गरिसकेका छन् । सबै प्रमुख सरकारी अड्डाहरु खरानी भएका छन् । यस्तो विषम परिस्थितिमा आन्दोलनको नेतृत्व गरेको भनिएको रक्षा बम समेत रहेको एउटा जेनजी समूह नेपाली सेना प्रमुखसँग वार्तामा रहेको बेला जेनजीको नेपाली समूहमा ‘सेनासँग वार्ता गर्न गएको छ रे, जेनजी भन्दै, को हो रक्षा बम’ भन्ने जस्ता सहभागीले कुरा उठाइरहँदा खरबौको भौतिक संरचना नष्ट भएर राजनीतिक अन्यौलता रहेको अवस्थामा जेनजीका विभिन्न समूहले झन अन्योल थपेका छन् ।

Image Source: © https://mulpatra.com