Close

Recent Posts

नेपालको अवस्थाबारे चीनले भन्यो– आन्तरिक समस्या हल गर्छन् भन्ने आशा छ

नेपालको अवस्थाबारे चीनले भन्यो– आन्तरिक समस्या हल गर्छन् भन्ने आशा छ
  • २६ भाद्र २०८२, बिहीबार १०:४३

काठमाडौं– चीनले नेपालको पछिल्लो विकसित घटनाबारे धारणा सार्वजनिक गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न क्षेत्रले आन्तरिक समस्याहरुलाई सही तरिकाले समाधान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

mulpatra

विज्ञप्तिमा भनिएको छ,आशा छ कि नेपालका विभिन्न क्षेत्रले आन्तरिक समस्याहरूलाई सही तरिकाले समाधान गर्नेछन् र चाँडै देशमा व्यवस्था र स्थिरता फर्काउनेछन्।

विज्ञप्तिमा चीन र नेपाल परम्परागत मित्र र छिमेकी मुलुक भएको पनि उल्लेख छ । यसअघि भारत, अमेरिका र युरोपेली देशका साथै संयुक्त राष्ट्रसंघका महासचिवले पनि नेपालको पछिल्लो अवस्थाबारे धारणा सार्वजनिक गरिसकेका छन् ।

जेन‍‍ जी समूहको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । साथै नेपालका अधिकांश सरकारी कार्यालयहरु ध्वस्त भएका छन् । संसद भवनदेखि केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारमा पनि आगजनी भएको थियो । जसले गर्दा नेपालका ऐतिहासिक कागजात नष्ट भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो नै जेन–जी समूहलाई वार्ताका लागि बोलाएका थिए । राष्ट्रपतिले वार्ताका लागि बोलाएपछि प्रधानसेनापति अशोक राज सिग्देल पनि जेन–जी टोलीलाई वार्ताका लागि बोलाएका छन् ।