‘कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारी घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रिन नेतृत्वमा तस्करको बेग्लै टिम’ समाचारको खण्डन गर्यो गैर आवासिय नेपाली संघ कुवेतले

‘कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारी घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रिन नेतृत्वमा तस्करको बेग्लै टिम’ समाचारको खण्डन गर्यो गैर आवासिय नेपाली संघ कुवेतले
  • १ आश्विन २०८२, बुधबार १३:२९

काठमाडौं । यस मुलपत्र मिडियामा भदौ १४ गते प्रकाशित ‘कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारी घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रिन नेतृत्वमा तस्करको बेग्लै टिम’ समाचार शिर्षकमा गैर आवासिय नेपाली संघ कुवेतका महासविच विजय धामीले खण्डन गरेका छन् ।

mulpatra

खण्डनमा ‘कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारी घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रिन नेतृत्वमा तस्करको बेग्लै टिम भनी उल्लेख भएको समाचार भ्रामक फरक रहेको छ’ भनेर उल्लेख गरेका छन् ।

अध्यक्ष दिल कुमार पाख्रीन ‘कुनै कोणबाट पनि समाचारमा भनिए जस्तो घरेलु महिला श्रमिक ओसारपासमा संलग्न नहुँदा पनि फोटो सहित समाचारमा समेटिन र प्रवक्ता हर्क बहादुर मोक्तानको निजी कुराहरुलाई समाचारको कन्टेन्ट बनाएर संस्थासँग जोडेर संस्था नै बदनाम गराउन समाचार प्रकाशित हुनु, वरिष्ठ उपाध्यक्ष दामोदर बटाला माथि मदिरा उत्पादन तथा वेचविखन र महिला उपाध्यक्ष रमिता तामाङको बारेमा हुँदै नभएका विभिन्न किसिमले पिडीत बनाइएको भन्ने कुरा आक्षेप मात्र भएको’ भनि खण्डन गरिएको छ ।

mulpatra mulpatra mulpatra