जेनजी आन्दोलनमा उत्रिएका सयभन्दा बढी नेपाली फकाउँदै जापान, संस्थागत पठाउन अनिश्चित

काठमाडौं– जापान सरकारले जेनजी आन्दोलनमा सहभागी भएका सयभन्दा बढी नेपाली कामदारलाई फिर्ता पठाउने तयारी गरेको छ । नेपालमा भएको जेनजी आन्दोलनपछि विदेशमा रहेका नेपालीपनि यो आन्दोलन गरे । जापानमा रहेका नेपालीहरुले पनि जेन जी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए । भने कतिपय आन्दोलनमा सहभागि नेपालीलाई फकाउने पनि भएको छ ।
यद्यपि नेपालमा मात्र नभएर जापान, फ्रान्स, इन्डोनेसियामा समेत जेनजी आन्दोलन भएका थिए । गत २३ र २४ भएको जेनजी आन्दोलनको समर्थनमा जापानमा पनि नेपालीले जेनजी आन्दोलन गरे । नेपालमा भएको जेनजी आन्दोलनमा पनि यो झन्डा देखिएको हो । यद्यपि नेपालमा मात्र नभएर फ्रान्स, इन्डोनेसियामा भएका आन्दोलनमा समेत यो झन्डा प्रयोग भइरहेको छ ।
जेनजी आन्दोलनमा उत्रिएका सयभन्दा बढी नेपालीमाथि कारबाही गर्दै जापानले स्वदेश फर्काउने तयारी भइरहेको रहेको जापानको सम्बन्धीत पक्षले सूचना दिएको जापानस्थित नेपाली दूतावासका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार गत साता भएको जेनजी आन्दोलनको समर्थनमा रोजगारीका लागि आएका कामदार र विद्यार्थीले जापानको टोकियोमा आन्दोलन गरेका थिए । यो जापानको कानुनविपरित भएको भन्दै यहाँ सरकारले आन्दोलनमा संलग्न नेपाली फकाउन तयार गरिरहेको ती कर्मचारीले जानकारी दिए ।
गत जापानमा पनि नेपालीहरुले जेनजी आन्दोलन गरेका थिए । भने एक महिनाअघि जापानमा पनि नेपालमा जस्तै जेनजी आन्दोलन भएको थियो । जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले यस विषयमा अहिले केही भन्न नमिल्ने बताए । त्योभन्दा अरु आफुलाई थाहा नभएको उनले जानकारी दिए ।
सरकारले जापान वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउन रोक लगाउने तयारी थालेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृति अथवा व्यक्तिगत भिसामा कामदार पठाउँदा बिचौलियाले व्यापक अव्यवस्था, सेटिङ र ठगीका गरेका कारण रोक लगाउन लागेको हो । तर नेपालको जेनजी आन्दोलनपछि जापानले पनि सुरक्षा र अध्यागमनमा कडाइ गरेको छ ।
वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउनका लागि बाटो खुलेको थियो । जापानमा दक्ष सीप भएका कामदार पठाउन सन् २०१९ मा नै दुई देशबीच समझदारी भएको थियो । तर, उक्त समझदारी भएको करिब ६ वर्षपछि मात्रै जापान कामदार जाने बाटो खुलेको हो । जापानस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गदैै जापानको संस्थागत कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रचार समेत गरेको छ ।
जापान श्रम सम्झौतामा (मेमोरेण्डम अफ को–अप्रेशन अर्थात् एमओसी) ले नेपालबाट स्पेसिफाइड स्क्लिड वर्कर (एसएसडब्लु) अर्थात् निर्दिष्ट सीपयुक्त कामदार जापान पठाउने सहमति भएको थियो । तर सरकारले पठाउन नसकेपछि कन्सल्टेन्सीले मनपरी पैसा उठाएर जापान कामदार पठाइरहेका छन् । भदौ महिनामा जापानमा १ सय ४५ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
श्रम सम्झौता भए पनि संस्थागत रूपमा कामदार जापान पठाउने व्यवस्था नहुँदा शैक्षिक कन्सल्टेन्सी, केही गैरआवासीय नेपाली र विभिन्न आवरणमा कामदार पठाइरहेका छन् । कामदारलाई नै व्यक्तिगत श्रम स्वीकृतिमा भिसा निकालेर जिम्मेवार बनाएर कन्सल्टेन्सीले ठगि गरेको जापान गइरहेको श्रमिकनै बताउँछन् ।
विश्वका विभिन्न देशमा यतिबेला २७ वर्षभन्दा कम उमेर समूहका युवापुस्ता अर्थात् जेनेरेसन जेड (जेन जी)ले सामाजिक सञ्जालको प्रयोग गर्दै भ्रष्टाचार, आर्थिक असमानता, अलोकतान्त्रिक शासन र महँगीविरुद्ध आवाज उठाउँदै छन् । सन् २०१८ मा स्विडेनमा जलवायु परिवर्तनको असरका विरुद्ध यो पुस्ताले आन्दोलनको शुरूआत गरेको थियो । त्यसपछि सन् २०२० मा अमेरिकामा काला जातिमाथि भएको दमनविरुद्ध विश्वभर विरोध प्रदर्शन भयो ।
भदौ २३ र २४ मा भएको जेन–जी (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेको पुस्ता) द्वारा नेतृत्व गरिएको आन्दोलनले नेपाली राजनीतिको आधार नै हल्लाइदियो । लामो समयदेखि देखिँदै आएको बेरोजगारी, असमान अवसर, गहिरिँदो भ्रष्टाचार, दलगत स्वार्थ र निष्क्रिय नेतृत्वप्रति सञ्चित आक्रोश यस आन्दोलनमार्फत तीव्र रूपमा विस्फोटित भयो । युवाहरूले सडक र डिजिटल अभियानमार्फत पनि आफ्नो असन्तुष्टि प्रकट गरे । तर यसको असर समग्र रोजगारी र श्रम बजारमा देखा परेको छ ।