Close

Recent Posts

जेनजी आन्दोलनपछि रोजगारदाता देशले नै किन नेपालबाट कामदार लैजान रोक्न खोजे ?

जेनजी आन्दोलनपछि रोजगारदाता देशले नै किन नेपालबाट कामदार लैजान रोक्न खोजे ?
  • ७ आश्विन २०८२, मंगलवार १२:३२

काठमाडौं– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कतिपय रोजगारदाता देशले नेपाली कामदार लैजान कडाइ गरे । वैदेशिक रोजगारीका लागि रोजगारगन्तव्य देश नै मानिएका यूएई, मलेसिया, कतार, साउदी र खाडीका देशले आन्दोलनका क्रममा जेलबाट कैदीहरु भागेको विषयलाई लिएर विभिन्न देशले नेपालीहरुलाई कडाइ गर्न थालेका छन् ।

mulpatra

युएईले नेपाली नागरिकलाई भिजिट भिसा दिन कडाइ गरेको छ । जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिपछि युएईले भिजिट भिसा दिन कडाइ गरेको हो ।

यूएईस्थित नेपाली राजदूतावासले यसबारे औपचारिक जानकारी भने दिएको छैन । अनौपचारिक रूपमा भने दूतावासका अधिकारीहरुले भिजिट भिसामा कडाइ गरिएको बताएका छन् । यूएईले तत्काल नेपाली कामदारको भिसा भने रोकेको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् ।

उनीहरुका अनुसार वर्किङ भिसाका लागि दिइएको आवेदनहरू ‘रिजेक्ट’ भइरहेको म्यानपावर व्यवसायीहरूले बताएका छन् । भने १५ सेप्टेम्बर २०२५ देखि युएईले नेपालीका लागि भिजिट भिसा बन्द गरेको छ भने वर्किङ भिसामा कडाइ गरेको हो ।

साउदी, कतार र मलेसियाले पनि नेपाली कामदार लैजान कडाइ गरिरहेको जानकारी आएको छ । ती देशहरुले पनि औपचारिक जानकारी भने दिएका छैनन् । यी देशले भने यही सातादेखि भिसा प्रक्रियामा खुकुलो बनाउँदै गएका छन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा नेपालमा सरकार नै परिवर्तन र अकल्पनीय राष्ट्रिय क्षति हुने गरी हिंसा, तोडफोड तथा आगजनी भएको थियो । त्यस क्रममा जेल तोडेर १३ हजार कैदी र ठुलो संख्यामा थुनुवा भागेको विषय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ ।

अझै ८ हजारभन्दा बढी भागेका कैदी र थुनुवा फर्केका वा पक्राउ परेका छैनन् । त्यसले नेपालीप्रतिको दृष्टिकोण नै परिवर्तन भएको अनुमान गरिएको छ । तर त्यसकै कारण नेपाली कामदारको वर्क परमिट बन्द भएको अनुमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कतार र साउदीमा करिब ४÷४ लाख नेपाली काम गरिरहेका छन् । दुबई, साउदी र कतार नेपालीको प्रमुख श्रम गन्तव्य हो । यी देशले पनि विस्तारै भिसामा सहजीकरण गर्ने बताइरहेको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेपालमा कैदी भागेपछि कतार र साउदीले पनि नेपाली कामदार लैजान कडाइ गर्छ की भन्ने थियो । नेपालको अवस्था सामान्यतिर फर्किएका कारण सहज भइरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

भिडियो विश्लेषणः