Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

हिन्दु धर्मावलम्वीको चाड नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हिन्दु धर्मावलम्वीको चाड नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • ९ आश्विन २०८२, बिहीबार ०५:४८

काठमाडौं । आज नवरात्रको चौथो दिन, दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको विशेष आराधना गर्ने प्रचलन रहेको छ ।

mulpatra

वैदिक सनातन धर्मअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई ‘कुष्मा’ भनिन्छ । यी तीन ताप नाश गर्ने भएकै कारण देवीलाई कुष्माण्डा नाम दिइएको धार्मिक विश्वास छ । पुराणका अनुसार उनी सुराले भरिएको घडा तथा रगतयुक्त पात्र धारण गर्ने रूपमै चिनिन्छिन् ।

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा उल्लेख भएअनुसार त्रिविध तापयुक्त संसारलाई आफ्नो उदररूपमा धारण गर्ने भगवती नै कुष्माण्डा हुन् । भक्तजनले देवीको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास रहिआएको छ ।

mulpatra mulpatra mulpatra

यसअघि नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री देवीको आराधना गरिएको थियो भने दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, नक्साल भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थानलगायतका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ भने उपत्यका बाहिरका मनकामना, पालाञ्चोक भगवती, बागलुङ कालिका, विन्ध्यवासिनी, गढीमाईलगायतका शक्तिपीठमा पनि विशेष पूजा–आराधना हुँदैछ ।