Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

पुर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशः अब विगार्ने होइन, सपार्ने तिर

पुर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशः अब विगार्ने होइन, सपार्ने तिर
  • १२ आश्विन २०८२, आईतवार १०:१९

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको अवसरमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै अब देशलाई बिगार्ने होइन, सुधार र सपार्ने दिशातर्फ अघि बढ्नुपर्ने बताएका छन्।
शुभकामनामा देशभक्ति, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो बनाउने भन्दै भनेका छन् ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।’

mulpatra

सन्देशमा उनले नेपालीहरूको एकता, अखण्डता, सार्वभौमिकता र समृद्धिको रक्षा सबैभन्दा ठूलो कर्तव्य भएको उल्लेख गर्दै नेपाली समाजले आत्मबल, स्वाभिमान र गौरवशाली संस्कृतिको आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। हालको चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय स्वाधीनता र जनहितलाई सर्वोपरि राखी समृद्ध भविष्यको बाटो खोज्न सबै नेपालीलाई आग्रह गरेका छन्।

देशमा घटेको राजनीतिक घटना, हत्या हिंसाका विषयमा बोल्दै उनले सन्देशमा भनेका छन्, ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।’
शुभकामना सन्देशः

mulpatra mulpatra mulpatra