Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

८ हजार अश्रु ग्यास र ६ हजार ५ सय गोली चलेको जेनजी आन्दोलन

८ हजार अश्रु ग्यास र ६ हजार ५ सय गोली चलेको जेनजी आन्दोलन
  • १२ आश्विन २०८२, आईतवार ११:३१

काठमाडौं । भदौ २३–२४ गते काठमाडौंमा दुई दिन चलेको युवाहरूको प्रदर्शन, जसलाई ‘जेनजी आन्दोलन’ भनेर चिनिन्छ, अत्यधिक हिंसात्मक बनेको प्रहरीको रिपोट छ ।

mulpatra

प्रहरीको आन्तरिक रिपोर्टअनुसार, आन्दोलन नियन्त्रणका लागि करिब ४ हजार धातुको र २५ सयभन्दा बढी रबरको गोली प्रहार गरिएको छ। त्यसबाहेक काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्यास प्रहार गरिएको र देशभर ८ हजार भन्दा बढी सेल अश्रुग्यास प्रयोग भएको देखिएको छ।

भदौ २३ गते संसद भवन अगाडि गोली प्रहारमा १७ जनाको मृत्यु भएको थियो भने इटहरीमा दुई जनाको ज्यान गएको थियो। भोलिपल्टको हिंसात्मक प्रदर्शनमा सिंहदरबार, संसद भवन र विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज, अश्रुग्यास, ब्ल्यांक फायर, रबर बुलेट र धातुको गोली क्रमिक रूपमा प्रयोग गरेको छ।

mulpatra mulpatra mulpatra

प्रहरी प्रधान कार्यालयले डिआईजी दीपक रेग्मीको नेतृत्वमा समिति बनाएर खर्च भएका गोली र हतियारको विवरण संकलन गरेको थियो। रिपोर्टले, संसद भवन भित्र र बाहिर सुरक्षाका लागि खटिएका टोलीहरूले प्रमुख भूमिका निभाएको र आवश्यक भए मात्र सेमी–अटोमेटिक राइफल प्रयोग भएको उल्लेख गरेको छ।