Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

विपी राजमार्ग ५ दिन राती बन्द रहने

विपी राजमार्ग ५ दिन राती बन्द रहने
  • १७ आश्विन २०८२, शुक्रबार ०७:१२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार भारी वर्षा र बाढी पहिरोको उच्च जोखिम देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा राति सवारी सन्चालनमा रोक लगाएको छ ।

mulpatra

जिल्ला प्रशासन कार्यालयले २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ सुचना मार्फत जानकारी दिएको छ ।

यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागु हुनेछ ।

mulpatra mulpatra mulpatra

प्रशासनले जारी गरेको सूचनामा रातिको समयमा अत्यन्त जरूरी नभईकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ ।

यातायात व्यवस्थापनमा थप कडाइ गर्दै प्रशासनले रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने जनाएको छ ।