Close

Recent Posts

विपी राजमार्ग ५ दिन राती बन्द रहने

विपी राजमार्ग ५ दिन राती बन्द रहने
  • १७ आश्विन २०८२, शुक्रबार ०७:१२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार भारी वर्षा र बाढी पहिरोको उच्च जोखिम देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा राति सवारी सन्चालनमा रोक लगाएको छ ।

mulpatra

जिल्ला प्रशासन कार्यालयले २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ सुचना मार्फत जानकारी दिएको छ ।

यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागु हुनेछ ।

प्रशासनले जारी गरेको सूचनामा रातिको समयमा अत्यन्त जरूरी नभईकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ ।

यातायात व्यवस्थापनमा थप कडाइ गर्दै प्रशासनले रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने जनाएको छ ।