नारायणगढ–मुग्लिन सडक खण्डमा छैन अवरोध, गाडी आवातजावत शुरु

काठमाडौं । अविरल बर्षाका कारण विभिन्न ठाउँमा पहिरो गई अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ६ बजेबाट यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गत शुक्रबार र शनिबार आएको भारी वर्षाका कारण उच्च जोखिम हुने भन्दै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो ।
यातायात सञ्चालनमा आएसँगै विभिन्न स्थानमा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन् ।