Close

Recent Posts

प्रज्वल कोइरालाको नयाँ गीत ‘टप्प टिपी सयपत्री फूल’ सार्वजनिक

प्रज्वल कोइरालाको नयाँ गीत ‘टप्प टिपी सयपत्री फूल’ सार्वजनिक
  • २५ आश्विन २०८२, शनिबार १२:५५

काठमाडौं । गायक प्रज्वल कोइरालाको स्वरमा नयाँ गीत ‘टप्प टिपी सयपत्री फूल’ सार्वजनिक भएको छ । ओ.एस.आर. डिजिटल कम्पनीले उक्त गीत सार्वजनिक गरेको हो। ओ.एस.आर. डिजिटल कम्पनी नेपालको फिल्म तथा भिडीयो वितरण गर्ने प्रमुख कम्पनी हो ।

mulpatra

लामो समय देखि अध्यापन क्षेत्रमा रहिरहेका कोइरालाको दोश्रो गीतका रुपमा ‘टप्प टिपी सयपत्री फूल’ आएको हो । चावहिल मैजुबहालमा सन्चालित रिभेरा इन्टरनेशनल एकाडेमीका प्रधानाध्यापक कोइरालाको स्वरमा रहेको पहिलो गीत ‘मुसुक्क हाँस्दा’ रहेको थियो । गत बर्ष मात्र सार्वजनिक भएको मुसुक्क हाँस्दा गीत चर्चित रहेको छ ।

दोश्रो गीतका रुपमा आएको ‘टप्प टिपी सयपत्री फूल’ मा सपन घिमिरेको शब्द र सङ्गीत रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन पशुपति श्रेष्ठले गरेका छन्।

mulpatra mulpatra mulpatra

गीतको नृत्य निर्देशन बिनोद रञ्जितले गरेको छन् भने साजसज्जा तथा भेषभूषाको संयोजन कमला लामाले गरेकी छन्।

भिडियोमा मुख्य कलाकारका रूपमा रमेश पुन मगर र रिजु रञ्जित प्रस्तुत छन्। साथै, रेजिना राई, नम्रता तामाङ, बिनिता तामाङ र स्वस्तिका पन्त कोरस कलाकारका रूपमा देखिएका छन्।

नरेन्द्र भट्टराईलेको प्रोडक्सन संयोजकत्वमा सम्पन्न गीतको पोस्ट–प्रोडक्सन कार्य के.एस. फोटोग्राफीले गरेको छ ।

Image Source: © https://mulpatra.com

भिडियोः