अध्यक्ष गुरुङले नै आफनै पदाधिकारीलाई श्रम मन्त्रीसँग भेट्न सुटुक्कै म्यासेज गरेर रोकेअध्यक्षमाथि खनिए अन्य पदाधिकारी, समस्या मात्र सिर्जना गदै गुरुङ
काठमाडौं -वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिले १२: १० को समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपककुमार शाहलाई भेट्ने समय मागेको थियो । श्रममन्त्रीको सचिवालयले पनि संघका पदाधिकारीलाई सोहीअनुसार समय दिएको थियो ।

तर संघकै अध्यक्ष भुवनसिंह गुरुङले श्रम मन्त्रीको सचिवालयका एक कर्मचारलाई सुटुक्कै म्यासेज गरेर मन्त्रीसँग भने भेट्न रोके ।
संघका अध्यक्षले भने अनुसार नै श्रममन्त्रीको सचिवालयले पनि समय व्यस्तता देखाएपछि पदाधिकारी फर्किनुपरेको श्रम मन्त्रालयकै एक जना कर्मचारीले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
श्रम मन्त्रीलाई भेट्न पुगेका संघको कार्यसमितिले वैदेशिक रोजगारीको वेथीति र यस क्षेत्रमा सुधारको कार्ययोजना लिएर गएको थियो । तर संघकै अध्यक्षले उक्त कार्ययोजना सचिवालयमा मात्र बुझाएर जान भनेर श्रममन्त्रीकै एक जना सचिवालयका कर्मचारीलाई भन्न लगाए ।
१४–१५ जनाको ठुलै समुह आएको छ । यो समुहले विभिन्न खालको कुरा गरेर समय खेर फ्याल्छन् । अहिले नभेट्दा उचित हो । पछि म अरु नै १–२ जना साथी मात्र लिएर मन्त्रीसँग गोप्य भेटवार्ता गर्छु भनेर गुरुङले सचिवालयमा म्यासेज गरेको ती कर्मचारीका भनाइ छ ।
कर्मचारीले समेत मन्त्रीको समय नभएका कारण कार्ययोजना यहाँ छाडेर जान भनेपछि कार्यसमितिका पदाधिकारी रित्तो हात फर्किए । संघलाई समय दिएको सचिवालयले भने यस विषयमा केही भन्न चाहेन । तर संघका पदाधिकारी र गुरुङबीच भने विवाद सुरु भएको छ ।
Image Source: © https://mulpatra.com
वैदेशिक रोजगारीका समस्या र नयाँ सरकारले यस क्षेत्रमा सुधार्नुपर्ने योजना बोकेर गएका पदाधिकारीलाई आफनै अध्यक्ष श्रममन्त्रीसँग भेट्न रोक लगाउनुको कारण वैदेशिक रोजगार व्यवसायीहरु खोज्न थालेका छन् ।
आज विहान मात्र वैदेशिक रोजगारी क्षेत्र सुधार्न योजना व्यवसायीलाई पठाएका गुरुङले आफनै पदाधिकारीसँग खेल खेलेको देखिन्छ ।
श्रम मन्त्री शाहले वैदेशिक रोजगारीका बेथीति रोक्न र सुधार्नका लागि अहिले छलफल गरिरहेका छन् । तर यस क्षेत्रमा काम गदै आएका व्यवसायीलाई नै मन्त्रीसँग भेट्न संघकै अध्यक्षले रोक्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



