श्रमिकका समस्या समाधानमा विभाग केन्द्रितः महानिर्देशक आचार्ययस्तो छ विभागको विवरण
काठमाडौं–वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास भइरहेको वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले बताएकी छिन् ।

उनले हाल वैदेशिक ऐनअनुसार यस क्षेत्रमा भइरहेका ठगि रोकि कामदारको हितमा काम भइरहेको दाबी गरिन ।
आज विभागमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारी ऐन संशोधनका लागि केही बुद्धाँगत विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको समेत जानकारी गराइन ।
![]() |
![]() |
![]() |
|---|
विभागले वैदेशिक रोजगारी क्षेत्रका मुख्य समस्यामा केन्द्रीत भएर काम गर्न थालेको र केही विषयमा गम्भीरताका साथ काम भइरहेको उनले बताइन् ।
वैदेशिक रोजगारीमा ठगि मात्र होइन । विभागले वैदेशिक रोजगारीका नाममा भइरहेका साना ठगिलाई पनि क्षतिपूर्तिको दायरामा ल्याउन पहल थालेको उनले बताइन् । ‘पछिल्लो समय व्यक्तिगत तवरबाट वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्या बढ्दै जाँदा ठगिका घटना समेत बढ्दो छ । यीसँगै अन्य समस्या समाधानका लागि कानुनी उपाय पनि खोज्न थालिएको छ ।’ उनले भनिन ।
वैदेशिक रोजगार विभागले केही नीतिगत सुधारका लागि श्रम मन्त्रालयमा पेस गरेको उनको भनाइ छ ।
Image Source: © https://mulpatra.com
वैदेशिक रोजगार विभागबाट भएका वैदेशिक रोजगारलाई व्यवस्थित गर्न भएका कार्यहरुको सार्वजनिक गर्न आयोजित कार्यक्रम वर्तमान सरकार गठन पश्चात बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने श्रमिकको हकहितको संरक्षण एवम् वैदेशिक रोजगार व्यवसायको नियमन र व्यवस्थापन गर्न भएका उल्लेखनीय कार्यहरु:-
१. मिति २०८२।१२।१५ मा यस विभागले सूचना जारी गरी वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम वैदेशिक रोजगार व्यवसाय गर्न यस विभागबाट इजाजत पत्र नलिई वैदेशिक रोजागर सम्बन्धी कुनै पनि काम गरेको लिखित, मौखिक वा अन्य कुनै माध्यमबाट सूचना प्राप्त भएमा सोका आधारमा कारवाही हुने सम्बन्धी सूचना जारी गरेको ।
२. वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि इजाजत पत्र प्राप्त कम्पनीहरुले अन्तरवार्ताका क्रममा भर्ने भराउने फाराम अंग्रेजी भाषामा मात्र भएको हुँदा बुझ्न नसकि वा नबुझी रोजगारीका शर्तमा सहमति गरेको भन्ने गुनासो सम्बोधन गर्न मिति २०८२।१२।१५ गते सूचना जारी गरी यसरी भर्ने भराउने फाराम नेपाली भाषा वा आवश्यकता अनुसार नेपाली र अंग्रेजी दुवै भाषामा भर्ने भराउने व्यवस्था गर्न वैदेशिक रोजगार सम्बन्धी इजाजत पत्र प्राप्त कम्पनीहरुलाई अनुरोध गरिएको। उक्त अनुरोध बमोजिमको व्यवस्था सम्बन्धित पक्षबाट नभएमा वैदेशिक रोजगार सम्बन्धी कानून बमोजिम कारवाही हुने ।
३. यस विभागबाट श्रम स्वीकृति सम्बन्धी सेवा प्रवाहका लागि निर्धारण गरिएको अनलाइन टोकन प्रणाली खारेज गरी श्रम स्वीकृति सम्बन्धी सेवालाई Queue Free गरिएको छ । साथै, श्रम स्वीकृति सम्बन्धी सेवा लिन कानूनले तोकेको प्रक्रिया पूरा गरेमा १ दिनभित्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइएको छ ।
४. व्यक्तिगत श्रम स्वीकृति सम्बन्धी सेवाका लागि आवेदन दिएका व्यक्तिले कुनै विषय जानकारी लिनु परेमा वा सोधपुछ आवश्यक परेमा देहायको फोन नम्बर व्यवस्था गरिएको छ । शाखा अधिकृतः 9743233484, 9743233485, 9743233486, नायब सुब्बाः 9768998473 ५. संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका श्रमिकलाई श्रमिक र रोजगारदाता कम्पनीबीच भएको करार बमोजिमको सेवा सुविधा उपलब्ध नभएमा राहत, उद्दार तथा क्षतिपूर्तको सहजिकरण तथा व्यवस्थापनका लागि वैदेशिक रोजगार विभागको What’s App 9765013774, 9769998474 तथा rahat@feo.gov.np मा सम्पर्क गर्ने व्यवस्था मिलाइएको ।
६. वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा गई समस्यामा परेका श्रमिकलाई विभिन्न व्यक्ति तथा संस्थाले उद्दार गर्ने गराउने गतिविधि वैदेशिक रोजगारसम्बन्धी कानून विपरित भएको हुँदा उक्त कार्यहरु नगर्न नगराउन अन्यथा कानून बमोजिम हुने सूचना मिति २०८२।१२।१६ गते जारी गरिएको ।
७. वैदेशिक रोजगारीमा जाने श्रमिकलाई रोजगारीमा जानु अघि मान्यता प्राप्त तालिम प्रदायक संस्थाहरुबाट दिइने अभिमुखिकरण तालिम वापतको शुल्क ७००।- नै रहेको हुँदा सोभन्दा बढी शुल्क लिएको सूचना यस विभागमा कुनै पनि माध्यमबाट प्राप्त भएमा वैदेशिक रोजगार ऐन, २०६४, नियम, २०६४ तथा कार्यविधि बमोजिम तालिम प्रदान गर्ने अनुमति स्वत: रद्द हुने सम्बन्धी सूचना जारी गरिएको ।
८. यस विभागबाट हुने काम कारवाही तथा उक्त कामकारवाहीमा संलग्न जनशक्तिका कार्यलाई सुक्ष्म निगरानी गर्नका लागि कर्मचारीको कार्यकक्षमा समेत CC Camera जडान गरी महानिर्देशकको कार्यकक्षबाट निगरानी गर्ने व्यवस्था गरिएको छ । यस कार्यले श्रीमान मुख्य सचिवज्यूबाट मिति २०८२।१२।१९ मा भएको निर्देशनको समेत पालना हुने ।
९. यस विभागमा दर्ता भएका मुद्दालाई अनलाइन प्रणालीबद्ध गर्नका लागि सफ्टवेयर निर्माणको क्रममा रहेको, सो पछि यस विभागमा भौतिक रुपमा रहेका मुद्दाहरु अनलाइन प्रणालीबाट व्यवस्थापन हुने छन् साथै जिल्ला प्रशासन कार्यालयबाट वैदेशिक रोजगार सम्बन्धी ठगीका मुद्दाका कार्यहरु विभागसँग जोडिने छन् । यसले मुद्दा तथा अनुसन्धान र सोसम्बन्धी कार्यलाई व्यवस्थित गर्न सकिने छ ।
१०. वैदेशिक रोजगार सम्बन्धमा भएका ठगीमा अनुसन्धान तथा मुद्दाका कार्य वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम यस विभागबाट मात्र हुने कानूनी व्यवस्थाका कारण देशभरमा रहेका नागरिकलाई प्रभावकारी र छरितो रुपमा सेवा प्रवाह गर्न नसकिएको अवस्था सम्बोधन गर्नका लागि वैदेशिक रोजगार ऐन, २०६४ को संशोधनका लागि मिति २०८२।१२।२० मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष पेश गरिएको छ ।
साथै, यस विभागमा रहेका मुद्दाहरुको फर्छ्यौट गर्न वादी प्रतिवादी, मुद्दा नम्बर र मिति समेत उल्लेख गरी राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाल्ने प्रयोजनका लागि मुद्दाका फायल तयार गर्ने, मुद्दाका वादी प्रतिवादीको विवरण तयार गर्ने, पक्राउ पूर्जी जारी भएका प्रतिवादी पक्राउ गर्ने लगायतका कार्यका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष थप जनशक्ति माग गरिएको र उक्त जनशक्ति प्राप्त भएपछि विभागले सूचना प्रकाशन गरी उक्त कार्य अगाडी बढाउने जानकारी गराइन्छ ।
११. यस विभागबाट मिति २०८२।१२।२० गतेदेखि हरेक ३/३ दिनमा यस आ.व. मा यस विभागमा दर्ता भएका मुद्दाहरुको विवरण (प्रतिवादीको नाम, ठेगाना र विगो रकम समेत) यस विभागको वेवसाइटबाट सार्वजनिक गर्ने (आज मार्च महिनाको dofe.gov.np मा विवरण सार्वजनिक हुनेछ) ।
१२. यस विभागले सामाजिक सञ्जालको ट्याकिङ् गरी विभागको पूर्व स्वीकृति भन्दा थप सेवा सुविधा राखी प्रचार गरेको पाइएकोले पहिलो पटकको लागि मैत्री ओभरसिज प्रा.लि. लाई सचेत गराइएको र आइन्दा सो गल्ती दोहोरिएमा इजाजतपत्र रद्द गरिने जानकारी दिइएको, यस विभागमा प्राप्त सूचनाका आधारमा विस्तृत अध्ययन तथा अनुसन्धान गरी एपेक्स एच.आर. कन्सलटेन्सीबाट ३३३ थान राहदानी वरामद गरी फिर्ता गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरिएको र फिर्ताको क्रम जारी रहेको, गठी गर्ने मनसाय देखिएको हुँदा कारोबार रोक्का गरिएको साथै रु ५००००।- (पचास हजार) जरिवाना गरिएको छ । सोही इजजात पत्रवाला संस्थाले राखेका राहदानी वाहक दुई जना व्यक्तिको गुनासोका आधारमा व्यक्तिले माग दावी गरेको रकम र क्षतिपूर्ति स्वरुप रु. १ लाख ९० हजार जनही विगो र क्षतिपूर्ति भराइएको ।
१३. यस विभागको अनुगमन शाखाले यस आ.व. को पुष महिनामा १९ वटा राहदानी र पिडितको मागदावी बमोजिम २० लाख १० हजार रकम फिर्ता, माघ महिनामा ७ वटा राहदानी र पिडितको मागदावी बमोजिम फिर्ता ५ लाख ४८ हजार रकम फिर्ता, फागुन महिनामा ६ वटा राहदानी र पिडितको मागदावी बमोजिम ५ लाख रकम फिर्ता, चैत्र महिनाको सो सम्बन्धी कारवाही निरन्तर रहेको र हरेक महिनाको अन्तिम दिन सो सम्बन्धी सूचना विभागको वेवसाइटमा निकाल्ने व्यवस्था गरिएको ।
१४. यस विभागको राहत, उद्दार तथा समन्वय शाखामा यस आ.व. २०८२/८३ मा ७३० वटा गुनासो तथा उजुरी निवेदन प्राप्त भएकोमा ४३१ वटा समाधान गरी ४ करोड ४३ लाख विगो र क्षतिपूर्ति उपलब्ध गराइएको ।
१५. यस विभागको मुद्दा तथा अनुसन्धान शाखामा यस आ.ब. २०८२/८३ मा ३ हजार ६ सय ७२ वटा उजुरी तथा जाहेरी प्राप्त भएकोमा ३९० वटा मिलापत्र, ३०८ वटा अभियोग दर्ता भएको मिलापत्रबाट क्षतिपूर्ति वापतको रकम रु.३ करोड ३८ लाख ७९ हजार ३ सय ५० फिर्ता गराइएको ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



