Close

Recent Posts

इरानी सरकारको नियन्त्रणमा रहेका अमृत झा सकुशल

इरानी सरकारको नियन्त्रणमा रहेका अमृत झा सकुशल
  • २० चैत्र २०८२, शुक्रबार १९:००

काठमाडौं– इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

mulpatra

मन्त्रालयले पत्रकार सम्मेलनमार्फत ३३ वर्षीय झा उनी हाल त्यहाँको कारागारमा रहेको जानकारी दिएको हो । मध्यपूर्व तनाब हुनुभन्दा पहिले नै उनी पक्राउ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। मुद्दा चलिरहेकै कारण उनलाई तत्कालै थप केही गर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

झाको विषय अहिलेको द्वन्द्वसँग सम्बन्धित नरहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ। उनको बारेमा परराष्ट्र मन्त्रालयले थप बुझ्ने काम गरिरहेको र सम्बन्धित पक्षको सम्पर्कमा रहेको क्षेत्रीले बताए ।

महोत्तरी घर भई उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ बस्दै आएका झा दुबईमा काम गर्नका लागि दुई वर्ष अघि नेपालबाट गएका थिए ।

तेल बोक्ने जहाजमा सिप क्याप्टेनको रूपमा कार्यरत अमृतले थाइल्यान्डको बैंककमा अध्ययन गरेका थिए । अध्ययनपछि उनी कामका लागि दुबई गएका थिए । उनी यसअघि पनि सिप लिएर तेल लिन इरान जाने गरेका थिए ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com