Close

Recent Posts

माओवादीनिकट जेनजीको संगठन ४० जिल्लामा विस्तार, प्रचण्डको विकल्प ५ वर्ष नखोज्ने

माओवादीनिकट जेनजीको संगठन ४० जिल्लामा विस्तार, प्रचण्डको विकल्प ५ वर्ष नखोज्ने
  • २७ आश्विन २०८२, सोमबार १६:१३

काठमाडौं– शनिबार अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको संयोजकत्वमा गठन भएको रेड फोर्स ४ दिनमै ४० जिल्लामा विस्तार भइसकेको छ ।

mulpatra

नेकपा माओवादी केन्द्र निकट जेनजीहरूले ‘जेनजेड रेड फोर्स’ गठन गरेका छन् । २९ असोजमा पत्रकार सम्मेलन गरी रेड फोर्सको आधिकारिक घोषणापत्र जारी गरिने उनले जानकारी दिइन् ।

संयोजक तिमिल्सिनाले अनलाइनखबरसँग भनिन्, ‘शनिबार गठन भएको फोर्सको प्रभाव देशभरि नै परिसकेको छ । ४ दिनमा ४० वटा जिल्लामा संयोजक तोक्ने काम भइसकेको छ । बाँकी जिल्लामा पनि छिट्टै गठन गर्छौं ।’

यो अभियान उनले नै सुरुवात गरेकी हुन् । जसको संयोजक पनि आफैं छिन् । तिमिल्सिनाले भनिन्, ‘अरू कसैले आँट गर्न सकेनन् । मैले नै यो अभियान सुरु गरेँ । अहिले यो अभियानमा हजारौं जेनजी जोडिएका छन् ।’

रेड फोर्सको नेतृत्व लिएकी तिमिल्सिना पार्टीभित्र अझै ५ वर्ष अध्यक्ष प्रचण्डको विकल्प नभएको बताउँछिन् । उनी भन्छिन्, ‘अबको पाँच वर्ष प्रचण्डलाई नै नेतृत्व दिनुपर्ने सुझाव देशैभरिबाट आएका छन् ।

पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्मका शुभचिन्तकहरूले पार्टीभित्र प्रचण्डको विकल्प खोज्नु हुँदैन भन्ने सुझाव छ । त्यसैले अझै ५ वर्ष प्रचण्डकै नेतृत्व रहन्छ ।’

अबको एक कार्यकाल प्रचण्डलाई दिइसकेपछि मात्रै जेएनजीबाट पार्टीको नेतृत्व लिनुपर्ने सुझाव आएको तिमिल्सिना बताउँछिन् ।
रेड फोर्सले माओवादी केन्द्रविरुद्ध फैलाएको भ्रम चिर्ने उनी बताउँछिन् । १७ हजार मानिस मारेको भनेर माओवादीविरुद्ध फैलाइएको भ्रम रेड फोर्सले चिर्ने उनी बताउँछिन् ।