क्रोसियाले विदेशी कामदारको कोटा घटाउँदा नेपाली श्रम बजारसहित रेमिट्यान्समा प्रभाव
काठमाडौं– क्रोएसियाको गृह मन्त्रालयको तथ्यांकअनुसार सन् २०२५ को पहिलो नौ महिनामा करिब एक लाख ३६ हजार २०० जनाले मात्र अनुमति पाएका युरोपेली यात्रा सूचना र अनुमति प्रणाली (इटिआइएएस)ले बुधबार जानकारी दिएको छ । सन् २०२२ यता पहिलोपटक क्रोएसियाले विदेशी कामदारहरूका लागि जारी गर्ने रोजगार अनुमति (वर्क पर्मिट) मा कमी आएको देखिएको छ ।

विगतका केही अनुमानहरूले यो देशले २०३० सम्म पाँच लाख विदेशी कामदार ल्याउनुपर्ने हुन सक्छ भनेको थियो । अधिकारीहरुले अहिले भने यो आकडा बढी भएको बताउन थालेका छन् ।
क्रोएसियामा पहिले नै रहेका धेरै कामदारहरुले पनि श्रम स्वीकृति नवीकरण गरेर लामो समय बस्न थालेको पाइएको छ । यहाँको सरकारले विदेशी कामदारको कोटा कटौती गरेको त्यहाँकोअ अध्यागमन विभागले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
क्रोएसियाली पेन्सन बिमा संस्थानको तथ्यांकअनुसार २०२५ को मध्यसम्म विगत वर्षको सोही अवधिमा भन्दा १७ प्रतिशत बढी अर्थात् ३७ हजार ५०० भन्दा बढी अवकाशप्राप्तहरु त्यस्तो काममा फर्किएको इटिआइएएसले उल्लेख गरेको छ । यस प्रभाव नेपाली श्रम बजारमा पनि पर्न सक्छ ।
घट्दा खुद्रा क्षेत्रमात्र वृद्धि भएको देखिएको छ । क्रोएसियामा सबैभन्दा बढी बोस्निया र हर्जेगोभिनाका कामदारहरु रहे पनि उनीहरूको संख्या १७ घटेर करिब २५ हजार ७०० पुगेको छ । नेपाली कामदारहरू दोस्रो स्थानमा छन् । त्यहाँ करिब २५ हजार नेपाली छन् । त्यसपछि फिलिपिन्स र भारतका श्रमिकहरु छन् ।
हालका वर्षहरुमा विदेशी श्रमिकहरुको वृद्धिले क्रोएसियाको भुक्तानी प्रणालीको सन्तुलनमा ठूलो प्रभाव परेको जनाइएको छ । क्रोएसियाली राष्ट्रिय बैंकका अनुसार अस्थायी कामदारहरूले सन् २०२४ मा करिब १२ बिलियन युरो र २०२५ को पहिलो छ महिनामा ६७८ मिलियन युरो आम्दानी गरेका थिए ।
Image Source: © https://mulpatra.com
उक्त छ महिनामा यी कामदारहरूले आफ्नो मुलुकमा झण्डै ३०७ मिलियन युरो पठाएको तथ्यांक रहेको उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २८५ मिलियन युरो कामदारहरुले आफ्नो मुलुक पठाएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा १३ हजार ८३५ जना श्रम स्वीकृति लिएर क्रोएसिया गएका थिए । त्यस्तै आव २०८०÷८१ मा १५ हजार ३६१ जना, आव २०७९÷८० मा सात हजार ४४१ जना, आव २०७८÷७९ मा पाँच हजार ३४४ र २०७७÷७८ मा एक हजार ९४ जना उक्त मुलुक गएका थिए ।
क्रोएसिया नेपालीहरुका लागि आकर्षक रोजगार गन्तव्यको रुपमा रहँदै आएको म्यानपावर व्यवसायीहरुले बताएका छन् । पछिल्लो समयमा क्रोएसिया नेपाली कामदारको पनि रोजगारगन्तव्य बन्दै गएको थियो । क्रोएसियाले ल्याएका नयाँ नियममा वर्क पर्मिटमा कडाइ, प्रमुख उद्योगहरुमा श्रमिकको मागमा कमी र त्यहाँको स्थानीय श्रमबजारमा देखिएको परिवर्तनले श्रमिक लग्ने क्रम घटेको जनाइएको छ ।



